प्रदीपको शुभ लभमा ज्योतिष हरिहर हिरो, चैत्र १५ लाई तोकियो रिलिज डेट


Filmy Kura, Jul 21, 2018 at 11:36 am


लामो समय देखि चलचित्र निर्माण तथा वितरणमा सक्रिय रहेका चलचित्रकर्मी प्रदीप उदयको प्रस्तुतिमा ‘शुभ लभ’ निर्माण हुने भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो ।

यसै फिल्मबाट चर्चित युवा ज्योतिष हरिहर अधिकारीले हिरोको रुपमा डेव्यु गरेका छन् । टेलिभिजनको पर्दामा ज्योतिषिय कार्यक्रम सञ्चालन गरी थुप्रै दर्शकको भाग्य बताइ सकेका हरिहरले हिरोको रुपमा ‘शुभ लभ’ मार्फत आफ्नै भाग्य कोर्न लागेका हुन् । हरिसँगै कृष्टिन पौडेल, डा. सूर्य थापा, सरोज खनाल, राजाराम पौडेल, रविन्द्र झा र प्रदीप बास्तोलाको चलचित्रमा मुख्य भूमिका रहने निर्माण यूनिटले जनाएको छ । बुद्ध इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन गइरहेको यो चलचित्र पूर्ण लभस्टोरी र कमेडी जनरामा केन्द्रित रहने बताइएको छ । सन्तोष बाबु लोहरीको निर्देशन रहने यस फिल्मको सुटिङ भाद्र १५ देखि सुचारु गरिनेछ । चलचित्रलाई चैत्र १५ गते रिलिज गराइने समेत उक्त प्रेस भेटघाटमा जानकारी दिइयो ।

‘शुभ लभ’ लाई रामेश्वर कार्कीले खिच्नेछन् । अर्जुन पोखरेलको संगीत रहने फिल्मको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गर्नेछन् । अभिमन्य निरवीको पटकथा तथा संवाद रहने फिल्ममा रोशन श्रेष्ठले द्धन्दको नयाँ प्रयोग गर्नछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो