भैरेलाई शनिबार मिल्यो राम्रो दर्शकसाथ, गोपीकृष्ण हल पुगे कलाकार


Filmy Kura, Jul 21, 2018 at 6:54 pm


प्रदर्शनरत चलचित्र ‘भैरे’ लाई शनिबार देशका अधिकांश हलमा राम्रो दर्शकसाथ मिलेको छ । कतिपय सिंगल थिएटरमा फिल्मले हाउसफुल व्यापार गरेको निर्माण यूनिटले जनाएको छ ।


शनिबार दर्शक प्रतिक्रिया बुझ्न फिल्म यूनिट चावहिलमा रहेको गोपीकृष्ण हलमा पुगेको थियो । दिवा शो हेरेर निस्किएका अधिकांश दर्शकले फिल्म राम्रो लागेको बताए । उनीहरुले फिल्ममा हेरेको कलाकारलाई प्रत्यक्ष भेट्न पाउँदा खुसी लागेको जनाए । त्यसो त कतिपय युथ अडियन्सले भने कलाकारसँग सेल्फी खिचाउँदै खुसी व्यक्त गरेका थिए । हलमा फिल्मका कलाकार विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा शिवाकोटी, जान्वी बोहरा लगायतका व्यक्तित्व पुगेका थिए । दर्शक प्रतिक्रियाले प्रफुल्लित देखिएका कलाकारको खुसीको सिमा थिएन । यता फिल्मका निर्देशक एभरेष्ट सूर्य बोहराले फिल्म यतिको राम्रो जादा पनि क्युएफएक्स हलले राजनीति गरेको भन्दै गुनासो पोखे । उनले थपे, ‘म त फिल्म बनाउने मान्छे हुँ । राजनीति खासै जान्दिन । किन हो उक्त हलले हाम्रो फिल्मलाई लगाउन आनाकानी गरेको छ ।’ चलचित्रका मुख्य दुई कलाकार दयाहाङ राई र सुरक्षा पन्त भने हल भिजिटमा जान पाएनन । दयाहाङ विरामी परेका कारण पुग्न पाएनन भने सुरक्षाको यतिबेला परीक्षा चलिरहेको छ ।

गोपीकृष्ण लगायतका राजधानीका सिंगल थिएटरमा दर्शकको उल्लेख्य उपस्थिती रहेको निर्देशक बोहराको दाबी छ । उनले फिल्म राम्रो बनेकोले पनि साथ मिलेको बताएका छन् । साउन १ गतेबाट बक्स अफिस लागू भइसकेको छ । हेरौ यो फिल्मले के कति कलेक्सन गर्न सक्यो हामी आगामी रिपोर्टमा जस्ताको त्यस्तै सार्वजनिक गर्ने नै छौ ।

प्रेम प्रसाद पौडेल र देविमाया अधिकारी निर्मित ‘भैरे’ को सांगीतिक पक्ष समेत निकै अब्बल रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो