गायिका इन्दिराले रातको कुरा गर्दा प्रियंका र प्रमोदले गरे रोमान्स (भिडियो)


Filmy Kura, Jul 22, 2018 at 9:16 pm


गायिका इन्दिरा जोशीले काठमाडौंको नाइट लाइफलाई बोल्ने गीत गाएकी छिन् । उक्त गीत चलचित्र ‘कथा काठमाण्डु’ को हो । यहि गीत आज राजधानीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ । जून गीतमा कलाकार प्रमोद अग्रहरी र प्रियंका कार्कीले रोमान्स गरेका छन् ।

दुई दशक देखि सञ्चारकर्ममा क्रियाशिल संगीता श्रेष्ठले यो चलचित्रको निर्देशन गरेकी हुन् । सार्वजनिक गीतमा उनकै कोरियोग्राफी रहेको छ । मिडियामाझ बोल्दै संगीताले भनिन्, ‘गीतको भिडियो हेरेर मनमा धेरै जिज्ञासा उठ्न सक्छ । तर यसको विषयवस्तु अनुसार यो गीतको भिडियो यस्तै बनाउनु पर्ने थियो । तीन कथालाई हामीले यसमा देखाउन खोजेका छौ ।’

गीतमा फिचर भएका कलाकार प्रमोद अग्रहरीले क्यारेक्टर अनुसार आफू प्रस्तुत भएको बताए । उक्त क्यारेक्टरलाई न्याय दिनको लागि आफूले सक्दो मिहेनत गरेको उनको तर्क थियो । यता कलाकार सन्ध्या केसीले एग्रेसिभ लेडीको भूमिका निर्वाह गरेको बताइन् । सार्वजनिक गीतमा प्रदीप बास्तोलाको शब्द तथा संगीत रहेको छ । लुज सिंहको छायांकनमा मित्र डि गुरुङ सम्पादित यस चलचित्र आगामी असोज १२ गते प्रदर्शनमा आउँदैछ । आहान फिल्मस्को लागि विजय राईले ‘कथा काठमाण्डु’ निर्माण गरेका हुन् ।

चलचित्रमा प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो