नाई नभन्नु ल ५ को गीत रिलिज, प्राविधिक पक्ष एवं स्तरबारे प्रश्नै प्रश्न (भिडियो)


Filmy Kura, Jul 24, 2018 at 6:29 pm


चलचित्र ‘नाई नभन्नु ल ५’ को लभ सङ रिलिज गरिएको छ । लेखक समेत रहेका विकास राज आचार्य निर्देशित फिल्मको गीत मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

अघिल्ला सिरिज भन्दा यो शृङ्खलाको हाइप उति सारो नभएको भन्दै एक पत्रकारले फिल्मको स्तरबारे प्रश्न गरेका थिए । जवाफमा निर्देशक आचार्यले भने, ‘दर्शकले मन पराएरै मैले लगातार सिरिज बनाउँदै आएको हुँ । मलाई त स्तर खस्किएको जस्तो लाग्दैन ।’ केही पत्रकारले भने गीतको क्वालिटीमा प्रश्न खडा गर्दै प्राविधिक पाटोको विषयमा जिज्ञासा राखेका थिए । चलचित्रको गीतले समेत दर्शकको ध्यान खिच्न नसक्ने हो कि भन्दै संगीतकार बसन्त सापकोटालाई प्रश्न गरिएको थियो । तर उनले फिल्मको कथावस्तु अनुसार नै यो गीत राखिएको जानकारी दिए । यता फिल्मको गीतमा अभिनय गरेकी नायिका स्वस्तिमा खड्काले यस अघिका सिरिज आफूले हेरेको भन्दै विकासराज जस्तो व्यक्ति सँग सहकार्य गर्न पाउदा खुसी लागेको तर्क गरिन् ।

सार्वजनिक गीतमा दीनेश थपलियाको शब्द तथा मेलिना राईको स्वर रहेको छ । चलचित्रमा निरुता सिंह, दीलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, अनुभव रेग्मी, सेड्रिना शर्मा लगायतले अभिनय गरेका छन् । सामिप्यराज तिमिल्सिना र विकासराजको लेखन रहेको यस चलचित्रमा हरिबोल भण्डारी र गौरी राज जोशीको लगानी रहेको छ । चलचित्र भदौ ८ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो