सुश्री सम्पतिको दमदार गीत रिलिज, सलोन र विनोदले हुकुम बक्सिए सारालाई (भिडियो)


Filmy Kura, Jul 25, 2018 at 9:13 pm


चलचित्र ‘सुश्री सम्पति’ को लोक फ्लेवरमा समावेश डान्सिङ विटको दमदार गीत रिलिज गरिएको छ । बुधबार राजधानीमा रहेको क्युज सिनेमा भवनमा पत्रकार सम्मेलन गरी फिल्मको गीत सार्वजनिक गरिएको हो ।

लामो समय चलचित्र पत्रकारिता गर्दै आएका सुब्रत आचार्यले ‘सुश्री सम्पति’ को निर्देशन गरेका हुन् । सार्वजनिक गीतमा कलाकार सलोन बस्नेत, विनोद ढकाल र सारा सेर्पाली फिचर भएका छन् । सुरेश अधिकारीको शब्द तथा संगीत रहेको ‘हुकुम बक्सियोस्’ बोलको गीतमा मेलिना राई र विशाल राईको युगल स्वर सुन्न सकिन्छ । राजाको भेष धरेर सलोन र विनोदले कम्मर मर्काएको गीतले दर्शकको ध्यान सजिलै खिच्न सक्छ । एकै प्रकारको ड्रेसमा यो गीतको छायांकन गरिएको छ ।

समारोहलाई सम्बोधन गर्दै कलाकार सलोन बस्नेतले आफू अभिनित कुनै पनि चलचित्रले व्यापार राम्रो या झुर गर्दैमा त्यसले करिअरलाई खासै फरक नपर्ने बताए । उनले चलचित्रको कथावस्तु अनुरुप आफू प्रस्तुत हुने गरेको भन्दै यो चलचित्रले दर्शकलाई निराश नबनाउने तर्क गरे । अर्का कलाकार विनोद ढकाल फिल्मबाट पूर्ण आशावादी देखिए । सारा भने कार्यक्रममा अनुपस्थित थिइन् । यता निर्देशक आचार्यले फिल्मको रिलिज डेट अन्य कुनै चलचित्रसँग डराएर भन्दा उपयुक्त जुन हुन्छ त्यहि अनुसार लिन खोजेको बताए । भदौ महिनामा चलचित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । कति गते भन्ने बारेमा भने अझै छलफल चलिरहेको निर्माण यूनिटको भनाइ छ ।

राजन इशानको एरेन्ज रहेको गीतमा गम्भिर विष्टको कोरियोग्राफी हेर्न सकिन्छ । चलचित्रलाई शिवराम श्रेष्ठले खिचेका हुन् । ‘सुश्री सम्पति’ मा सम्पति अर्थात लगानी लगाउने रमेश त्वयना, विज्ञान राई, नुनम सुब्बा र रमन शिलका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो