सन्तोष सेन निर्मित मेरी मामुको मन छुने गीत रिलिज, अयुवले देखाए सम्भावना


Filmy Kura, Jul 27, 2018 at 6:50 pm


स्तरिय चलचित्र दिनका लागि जति सुकै लगानी गर्नपनि कम्प्रोमाइज नगर्ने निर्माता सन्तोष सेन निर्मित चौथो चलचित्र ‘मेरी मामु’ को फस्ट अफिसियल सङ रिलिज गरिएको छ । शुक्रबार राजधानीमा रहेको क्युज सिनेमा भवनमा पत्रकार सम्मेलन गरी फिल्ममा समावेश मन छुने गीत सार्वजनिक गरिएको हो ।

निर्माता सेनले यस अघि आफू निर्मित फिल्मबाट प्रदीप खड्कालाई स्टार बनाएका थिए । यो पटक उनले आफ्नै छोरा अयुव सेनलाई फिल्मको शीर्ष रोलमा प्रस्तुत गरेका छन् । आमा र छोराबीचको सम्बन्ध देखाउने यो फिल्मलाई यम थापाले लेखन तथा निर्देशन गरेका हुन् । सार्वजनिक गीतमा रोहित जोन क्षेत्रीको स्वर समावेश छ । बाल कलाकार अयुव सेनले अभिनयमा सम्भावना देखाएका छन् जून गीत हेरेपछि अड्कल काट्न सकिन्छ । त्यसो त निर्माता सन्तोषले अब पारिवारिक चलचित्र मार्फत समेत आफ्नो छुट्टै परिचय बनाउने प्रेस मिटमा बताए । उनले केही पत्रकारले राखेको जिज्ञासाको जवाफ दिएका थिए ।

अयुवको अलवा फिल्ममा सारुक ताम्राकार, अश्लेषा ठकुरी, कुसुम गुरुङ, भुवन चन्द, दुर्गा मल्ल ठकुरी, क्रिजन गौतम, सानु ताम्राकार लगायतले अभिनय गरेका छन् । चलचित्र ‘मेरी मामु’ को कार्यकारी निर्माता रेशमजंग शाह हुन् । अनुमानित १ करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस चलचित्रको प्रचार प्रसारको लागि २५ लाख छु्टयाइने जनाइएको छ ।

 

निर्माता सनेले यस अघि ‘चंखे, शंखे, पंखे’, ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ निर्माण गरेका थिए । पहिलो फिल्मले व्यापारिक रुपमा असफलता व्यहोरे पनि ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ भने हिट फिल्मको रुपमा गनिन्छन् ।

 

चलचित्र ‘मेरी मामु’ आगामी भाद्र १५ गते अल नेपाल प्रदर्शनमा आउँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो