फिल्म प्रचारका लागि कायरा टिम पोखरामा, आर्यन र साम्राज्ञीले के भने त ?


Filmy Kura, Jul 28, 2018 at 7:21 pm


फिल्म प्रचारलाई अझ सशक्त र व्यापक बनाउने उद्देश्यले चलचित्र ‘कायरा’ टिम शनिबार पोखरा पुगेको छ । फिल्मका शीर्ष दुई कलाकार आर्यन सिग्देल र साम्राज्ञी राज्य लक्ष्मी शाह सहित निर्देशक लक्ष्मण रिजालको टिम बिहान पोखरा पुगेको हो ।


‘कायरा’ टिमले पोखरामा बाइक ¥याली सहित सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको थियो । चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा नायक आर्यनले ‘कायरा’ विसुद्ध प्रेमकथामा आधारित रहेको बताए । उनले प्रेमकथा मन पराउने हरेक दर्शकको दिल यो चलचित्रले छुने दाबी गरे । यता नायिका साम्राज्ञीले आर्यनसँग काम गर्न पाउनु सौभाग्य भएको बताइन् । फिल्मको कथावस्तु निकै राम्रो रहेको भन्दै उनले हेरेर साथ दिन सबैलाई अनुरोध गरिन् । फिल्मका निर्देशक रिजालले हल सम्म पुगेर फिल्म हेरिदिन आग्र गरे ।

फिलिपिन्सको रमणिय दृश्यमा सुट गरिएको यो चलचित्रमा आर्यन र साम्राज्ञीको अलवा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । पोखरा पुगेर यो टिम आजै काठमाडौं फर्किएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो