मिस्टर भर्जिनको ट्रेलर सार्वजनिक, तीन कुमार केटाको कथा पर्दामा (भिडियो)


Filmy Kura, Jul 29, 2018 at 6:37 pm


तीन कुमार केटाहरुको यौन मनोविज्ञान माथि निर्माण गरिएको चलचित्र ‘मिस्टर भर्जिन’ को अफिसियल ट्रेलर तथा पोष्टर रिलिज गरिएको छ । आइतबार दरबारमार्गमा रहेको क्युज सिनेमा हलमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर तथा पोष्टर सार्वजनिक गरिएको हो ।


अभिनय प्रशिक्षक समेत रहेका बिसारत बस्नेतको निर्देशनमा तयार यो चलचित्रको ट्रेलरमा केही डबल मिनिङ लाग्ने वर्ड प्रयोग गरिएका छन् । आगामी भाद्र १ लाई रिलिज डेट तोकिएको फिल्मबारे बोल्दै निर्देशक बस्नेतले भने, ‘चलचित्र मनोरञ्जक बनेको छ । स्वर्गद्धार जाने भाद्र १ भनेर हामीले ट्याग लाइन दिएका छौ । ट्याग लाइन दिने ट्रेन्डलाई हामीले फलो गरेका हौ ।’ चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिष्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मको विषयमा बोल्दै कलाकार कमलमणि नेपालले भर्जिन भन्न साथ अनेकौ कुरा मनमा आउन सक्ने भन्दै यसलाई नेपाली रुपान्तरणको हिसाबमा हेर्न आग्रह गरे । उनले थपे, ‘अंग्रेजीमा मिस्टर भर्जिन भए पनि नेपालीमा यसलाई लिदा महासय कुमार भन्ने हुन्छ । कुमार केटाहरुको कथा बोल्ने चलचित्र हो । त्यसैले यसलाई अर्को अर्थको रुपमा नहेरौ ।’ यता कलाकार गौरव पहारीले चलचित्रमा थिएटरबाट खारिएका कलाकारसँग काम गर्न पाउँदा खुसी लागेको बताए । उनले चलचित्रको सुटिङपल स्मरण गर्दै जाडो मौसममा पनि रात अबेर सम्म मिहेनत गरेको क्षण अझै ताजै रहेको भनाइ राखे । अर्का कलाकार विजय बरालले भने आफू भर्जिन रहेको दाबी गरे । उनले सुटिङ हुँदा ठमेलमा केही अल्कोहल खाएर मातिएका मंगोलियनहरुले आफूलाई कुटेको घटना समेत सुनाएका थिए । कलाकार मरिष्का पोखरेलले अन्य नायिकाले यो प्रोजेक्टको टाइटल सुनेर फिल्म गर्न इन्कार गरेको ब्याकस्टोरी सेयर गरेकी थिइन् । केही पत्रकारले राखेको जिज्ञासाको जवाफ समेत कलाकार तथा निर्माण यूनिटले दिएका थिए ।


वल्र्ड वाइड फिल्मस् ड्रिष्टिव्युसन् प्रस्तुत चलचित्र ‘मिस्टर भर्जिन’ लाई खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी, प्रजापति शिवाकोटी र बिसारत बस्नेतले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्मको लागत १ करोड माथि रहेको बताइएको छ । महेश दवाडीको संवाद रहेको यस चलचित्रलाई रामेश्वर कार्कीले खिचेका हुन् । मेक्सिमम् युथ अडियन्स हलसम्म आउने निर्माण यूनिटले आशा लिएको छ । चलचित्रलाई स्टेशन फाइभले वितरण गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो