वर्षाको लागि दुई ह्यान्डसम् भिलेनको लडाई, अनुप प्रति आक्रामक बने प्रशान्त


Filmy Kura, Jul 29, 2018 at 7:57 pm


ह्यान्डसम् भिलेनको ट्याग पाएका कलाकार प्रशान्त ताम्राकार र अनुप विक्रम शाही एक प्रेमिकाको लागि ज्यानको बाजी थापेर भिडेका छन् । भाद्र १ रिलिज चलचित्र ‘जय शम्भु’ को सार्वजनिक ट्रेलरमा प्रशान्त अनुप प्रति निकै आक्रामक बनेको देख्न सकिन्छ ।

आइतबार डिजिटल राइट्स लिएको ओएसआर युट्युव च्यानलबाट फिल्मको ट्रेलर आउट गरिएको हो । ट्रेलर हेरेपछि प्रशान्त भिलेन अवतारमा र अनुप नायकको रुपमा प्रस्तुत भएको सहज अनुमान लगाउन सकिन्छ । पहिलो पटक यि दुईले एकसाथ काम गरेका हुन् । रुपेश तामाङले यो चलचित्रको लेखन तथा निर्देशन गरेका हुन् । अरविन्द्रमान शाक्यको निर्माणमा तयार यो चलचित्रमा शिक्षा काफ्लेको कथा, श्री श्रेष्ठको द्धन्द, रामजि लामिछानेको नृत्य, हरि घले लामाको छायांकन तथा बनिष शाहको सम्पादन रहेको छ ।

लामो समय पछि एक्सन फिल्मको रुपमा ‘जय शम्भु’ लाई हेरिएको छ । चलचित्रमा आबद्ध कलाकारको कारण पनि फिल्मले कतिको दर्शक तान्ला अहिले चासोको विषय बनेको छ । अनुप, प्रशान्त र वर्षाको अलवा फिल्ममा रोशन महर्जन र करुणा पाण्डेको समेत मुख्य भूमिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो