लण्डनमा गायिका तथा व्यवसायि सरु थापा सम्मानित


Filmy Kura, Jul 30, 2018 at 11:34 am


दुई दशक देखि लोक गीत संगीत क्षेत्रमा क्रियाशिल गायिका तथा व्यवसायि सरु थापालाई लण्डनमा सम्मान गरिएको छ । नेपाल ब्रिटेन डटकमको वार्षिकोत्सवको अवसरमा सांसद सूर्य पाठकले उनलाई खादा ओढाई कदर पत्रको साथ सम्मान गरेका हुन् ।


यस्तै नेपाली राजदुतावास लण्डन लगायत अन्य संघ संस्थाले समेत उनलाई सम्मान गरेको छ । लण्डनबाट टेलिफोन कुराकानीमा गायिका सरुले भनेकी छिन्, ‘गीत संगीत र महिला व्यवासायिको रुपमा मैले गरेको कामको कदर गर्दै विभिन्न संघ संस्थाले गरेको यो सम्मानले म मा अझ हौसला थपिएको छ । आगामी दिनमा अझ म सशक्त ढंगबाट अगाडि बढ्नेछु । यस्तै उर्जा पाइराखे भने एकदिम म अवश्य शिखर चुम्नेछु ।’ गीत संगीतसँगै व्यवसायलाई एकसाथ अगाडि बढाएकी सरुले तीज गीत छिट्टै बजारमा ल्याउने तयारी गरेकी छिन् । हिन्दु नारीहरुको महान पर्व हरि तालिका तीजको अवसर पारी उनले नयाँ गीत रिलिज गर्न लागेकी हुन् । हाल लण्डनमा रहेकी सरु केही दिन पछि नेपाल फर्किने छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो