पूजाको रामकहानीमा माग्ने र तक्मे जोडिएपछि ट्वीस्ट, ट्रेलर बन्यो आकर्षक


Filmy Kura, Aug 2, 2018 at 7:56 pm


चलचित्र ‘रामकहानी’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर आउट गरिएको हो । सार्वजनिक ट्रेलर निकै आकर्षक बनेको छ ।

आकाश श्रेष्ठ र पूजा शर्माको मुख्य भूमिका रहेको फिल्ममा जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’, विल्सन विक्रम राई ‘तक्मे बुढा’, राजाराम पौडेलको समेत अभिनय रहेको छ । फिल्मको ट्रेलर हेर्दा हरहर जनराको कमेडी लभस्टोरी फिल्म भन्न सकिन्छ । चलचित्रमा पूजाले निभाएको क्यारेक्टरले दर्शकलाई मन भित्र डर पैदा सँगै तर्साउने कुरामा दुई मत छैन । समारोहलाई सम्बोधन गर्दै जितु नेपालले फिल्म राम्रो बनेको भन्दै रिजल्ट राम्रो आउने आशामा रहेको बताए । यता केदार घिमिरेले निर्देशक सुदर्शन थापाको तारिफ गरे । एक दिनमा एक सिन मात्र खिचेको प्रसंग समेत उनले निकाले । टिमवर्क राम्रो भएका कारण सिर्जना पनि राम्रो निस्केको उनको तर्क थियो । विल्सन विक्रम राईले अग्रज कलाकारसँग काम गर्ने मौका मिलेको भन्दै आफूलाई भाग्यमानी सम्झिए । यता राजाराम पौडेलले हरेक फिल्ममा निर्देशक थापाले आफूलाई सम्झिने गरेको भन्दै त्यो ठाउँ राख्न सकेकोमा खुसी लागेको बताए । नायिका पूजा सयौ मिडियाको अगाडि कुरा राख्दै गर्दा बोलीमा चिप्लिन पुगिन् । उनले ट्रेलर त झुक्याउनको लागि हो भनेर दिएको जवाफ धेरैको लागि मसला बनिदियो । निर्देशक सुदर्शनले यो पटक डाडाकाडामा गएर देखाउने लभ भन्दा अलि भिन्न तवरको लभस्टोरी पस्कने प्रयास गरेको जनाए ।

चलचित्र आगामी भाद्र २२ गते अल नेपाल प्रदर्शनमा आउँदैछ । चलचित्रलाई सौरभ लामाले खिचेका हुन् । पूजा र सुदर्शन दुवैको चलचित्रमा लगानी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो