आर्यनको कायरासँगै मिनकुमारको झमक बहादुर देशभरका हलमा


Filmy Kura, Aug 3, 2018 at 12:55 pm


फ्राइडे रिलिज अन्तर्गत साउन १८ देखि दुई भिन्न स्वाद र शैलीका चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । आर्यन सिग्देल निर्मित तथा अभिनित चलचित्र ‘कायरा’ र मिनकुमार तामाङ प्रस्तुत चलचित्र ‘झमक बहादुर’ देशभरका हलमा प्रदर्शन भएका हुन् ।

चर्चा प्रारम्भ गरौ ‘झमक बहादुर’ बाट । सामाजिक कथामा आधारित यो चलचित्रले दर्शकलाई हसाउनुको साथै केही सन्देश समेत दिने निर्माण यूनिटले जनाएको छ । सुन काण्ड देखि सुकुम्बासी बस्तीको दर्दनाक कथालाई फिल्मले मुख्य विषय बनाएको छ । यसै फिल्मबाट पहिलो पटक दर्शकमाझ पुगेका छन् मिनकुमार । उनी यो फिल्मका निर्माता तथा नायक हुन् । भोमन कटुवाल निर्देशित यस चलचित्रमा अनुप विक्रम शाही, मिन कुमार तामाङ, सुजता थापा, यादव देवकोटा ‘सरापे’, राजु भूजेल ‘रेम्बो’ लगायतका कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्रले के कस्तो दर्शक प्रतिक्रिया पाउलात भन्ने कुरा बुझ्न फिल्मको यूनिट यतिबेला राजधानीका विभिन्न हल पुगेका छन् ।

यस्तै लभस्टोरी जनराको चलचित्र ‘कायरा’ पनि आजैबाट रिलिजमा आएको हो । लक्ष्मण रिजाल निर्देशित यो चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह आर्यनको जोडीको रुपमा रहेकी छिन् । यि दुईलाई पहिलो पटक ‘कायरा’ मार्फत दर्शकले एकसाथ हेर्न पाउने भएका हुन् । लभस्टोरी फिल्ममा आर्यनको छुट्टै क्रेज बनिसकेको छ । तर पछिल्ला केही भिन्न विधाको फिल्मबाट उनको लोकप्रियता खस्किएको थियो । जून पाए त्यहि फिल्म गरेको भन्दै उनलाई अनेकन आरोप पनि लागे । तर यसै फिल्मबाट विगतको नमिठो भूललाई बिर्साउने कोसिसमा आर्यन छन् । फिलिपिन्सको रमणिय दृश्यमा सुट गरिएको यो फिल्म सांगीतिक प्रेम कथामा आधारित छ । चलचित्रमा आर्यन साम्राज्ञीको अलवा शिशिर राणा, हितेश श्रेष्ठ, मरिषा श्रेष्ठको पनि मुख्य भूमिका छ । कतिले आर्यनको करिअरलाई यो फिल्मले अझ धेरै प्लस गर्ने अनुमान लगाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो