झरीमा रुझ्दै आर्यनको कायरा हेर्न हल पूगे दर्शक, कलेक्शन सन्तोषजनक


Filmy Kura, Aug 5, 2018 at 5:43 pm


साउन महिना झरीको सिजन हो । यद्धपि साउने झरीको समेत प्रवाह नगरी नायक आर्यन सिग्देल अभिनित चलचित्र ‘कायरा’ हेर्न हलमा दर्शक पुगेका छन् । केही समयको ग्याप पछि नायक यो चलचित्र मार्फत दर्शकमाझ पुगेका हुन् । साउन १८ देखि प्रदर्शनमा आएको यो चलचित्रको व्यापारिक अवस्था बुझ्न शनिबार वितरक सुनिल मानन्धरको साथ नायक तथा निर्माता आर्यन सिग्देल, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह काठमाडौंमा रहेको अष्टनारायण हल पुगेका थिए ।

फिल्म हेरिरहेको बखत हलमा एक्कासी फिल्मका शीर्ष कलाकारलाई पाउँदा अडियन्सले चिच्याउदै सिटी फुके । त्यति मात्र होइन दर्शकले गडगडाहट ताली बजाउँदै फिल्म राम्रो लागेको प्रतिक्रिया दिए । दर्शकको असिमित मायाबाट आर्यन र साम्राज्ञी मख्ख देखिए । उनीहरुले ‘कायरा’ कस्तो लाग्यो भनि अडियन्सलाई प्रश्न गरेका थिए । झरीको बाबजुत पनि उल्लेख्य दर्शक अष्टनारायण हल आएका थिए । शनिबार उक्त हलमा हाउसफूलको व्यापार गरेको हल सञ्चालकले फिल्मीकुरालाई जानकारी दिए ।

यता वितरक मानन्धरसँग बक्स अफिसबारे प्रश्न गर्दा शुक्रबार र शनिबार झण्डै करोडको व्यापार गरेको बताएका छन् । उनले शुक्रबार भन्दा शनिबार दर्शक चाप हलमा बढेको जानकारी दिए । दर्शकको माया र साथले हौसिएकी नायिका साम्राज्ञीले आर्यनसँग पछिल्ला दिनमा पनि सहकार्य हुन सक्ने संकेत गरिन् । उनले आर्यनको फिल्म हेरेरै विगतमा आफू प्रभावित भएको बताइन् ।

फिलिपिन्सको रमणिय दृश्यमा छायांकन गरिएको लभस्टोरी जनराको यो चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो