रेनीको गीतमा दीपक र सनम बने रोमान्टिक, फिल्म लाग्दैछ भाद्र ८


Filmy Kura, Aug 5, 2018 at 6:04 pm

चलचित्र ‘रेनी’ मा समावेश एक गीत रिलिज गरिएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी फिल्मको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।

प्रस्तुत गीतमा कलाकार दीपक ढकाल र सनम मल्ल फिचर भएका छन् । गायक पुष्कर सुनुवारको आवाज रहेको गीतमा मदन खड्काको कोरियोग्राफी रहेको छ । चलचित्र ‘रेनी’ आगामी भाद्र ८ गते देशभरका सिनेमा घरमा प्रदर्शनमा आउँदैछ । चलचित्रमा सरोज खनाल, दीपक ढकाल, सनम मल्ल, गिरिश रिजाल, सुरविर पण्डित लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई सनम मल्लले लेखेकी हुन् । गिरिश रिजाल फिल्मका निर्देशक हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो