प्रदीप खड्का अभिनित रोजीको फूल हैन सार्वजनिक (भिडियो)


Filmy Kura, Aug 7, 2018 at 12:11 pm


चलचित्र ‘रोजी’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । फिल्मले सोमबार पहिलो गीत ‘फूल हैन…’ रिलिज ग¥यो । प्रदीप खड्का र मिरुना मगर फिचर्ड गीतलाई टर्कीका पर्यटकीय थलो इस्तानबुल, साल्टलेक र कोनियामा दृश्यांकन गरिएको छ ।

ब्याकग्राउन्ड स्कोरर समेत रहेका एलिस कार्कीद्धारा संगीतबद्ध गीतमा प्रताप दास र प्रविशा अधिकारीले स्वर दिएका छन् । राजेशकुमार श्रेष्ठको शब्दमा कविराज गहतराजको नृत्य निर्देशन छ ।

क्राइम थ्रीलर र रोमान्टिक जनरको फिल्मलाई नीरक पौडेलले निर्देशन गरेका हुन् । ‘रोजी’ मा अनुप सापकोटाको कथा र केदार भुषालको पटकथा छ । फिल्मले प्रेममा हुने बदला, प्राप्ती, घुम्ती, उतारचढाव र निर्दोषपनको कथा पेश गर्छ । प्रदीप, मिरुना र परमिता राणा मुख्य भूमिकामा छन् । यी तीन पात्र वरपर द्धन्द्ध घुम्छ ।

राजुविक्रम थापाको छायांकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको संगीत र बुद्धिलाल मगरको निर्माण नियन्त्रण छ । गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म २२ भदौ (७ सेप्टेम्बर)मा देशव्यापी रिलिज तयारीमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो