कल्चरल फिल्म शिरफूल १६ देशमा प्रदर्शन हुँदै, नेपाल रिलिज मंसिर २१ मा


Filmy Kura, Aug 8, 2018 at 6:38 pm


विशेषगरी मगर कल्चरलाई लिएर निर्माण गरिएको चलचित्र ‘शिरफूल’ नेपाल रिलिज अगावै विदेशका १६ राष्ट्रमा प्रदर्शन हुने भएको छ । फिल्मको शो हङकङ हुँदै विभिन्न राष्ट्रमा गरिने निर्माण यूनिटले जनाएको छ ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी फिल्मको अफिसियल ट्रेलर र पोष्टर एकसाथ लन्च गरियो । त्यसको साथै फिल्मको प्रदर्शनको विषयमा निर्माण यूनिटले पत्रकारमाझ जानकारी गराएको थियो । नेपालमा भने आगामी मंसिर २१ लाई रिलिज डेट तय गरिएको छ । नाइस मिडिया नेटवर्क र मगर क्रियसन प्रा.लि. को संयुक्त प्रस्तुति चलचित्र ‘शिरफूल’ लाई कमल एक्चे मगरले निर्देशन गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘मेरो लागि फिल्म निर्देशन नौलो अनुभव हो । यद्धपि मैले यो क्षेत्रमा ८ वर्ष बिताइ सकेको छु । म्युजिक भिडियो निर्देशन, सम्पादन लगायतका विधामा मेरो क्रियाशिलताले आज मलाई फिल्म निर्देशन विधा सम्म पु¥याएको छ ।’ दुख र मिहेनतका साथ प्रोजेक्टलाई राम्रो बनाउन आफ्नो तर्फबाट सक्दो कोसिस गरेको निर्देशक मगरको भनाइ छ ।

चलचित्रमा रुपा राना, राज थापा, देवराज आले, बिनिता थापा, सुनिल रोका, राजु युगिन, नमिता तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् । रुपा बाहेक अन्य कलाकार नयाँ राखिएको छ । यस अघि सार्वजनिक फिल्मको टाइटल सङले भने युट्युवमा राम्रो भ्युज पाउन सफल छ । तारा श्रीश र देवराजले कार्य क्रममा फिल्मको शीर्ष गीत गाएर सुनाएका थिए । आशिर्वाद पुन मगरले यो चलचित्रलाई निर्माण गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो