मिस्टर भर्जिन र जय शम्भुको मोफसल प्रचार कतिको प्रभावकारी ?


Filmy Kura, Aug 13, 2018 at 4:32 pm


भाद्र १ रिलिज हुने चलचित्र ‘मिस्टर भर्जिन’ र ‘जय शम्भु’ टिम मोफसल प्रचार सकाएर यतिबेला काठमाडौं फर्किएका छन् । भिन्न स्वाद र शैलीका यि दुई चलचित्रको मोफसल प्रचार प्रसार कतिको प्रभावकारी रह्यो त ? सुरुमा कुरा गरौ ‘मिस्टर भर्जिन’ को ।


एक साताको मोफसल टुर सकाएर यो टिम राजधानी फर्किएको हो । यो अवधिमा फिल्मका शीर्ष कलाकार सहितको टोली बुटवल, चितवन, हेटौडा, धरान, बिर्तामोड र दमक लगायतका मुख्य मुख्य स्थानमा पुगेको हो । टुरमा फिल्मका कलाकार गौरव पहारी, कमलमणि नेपाल, मरिष्का पोखरेल, रविन्द्र झा सहित अन्य गायक गायिकाको संलग्नता रहेको थियो । यो क्रममा उनीहरुले त्यहाँका दर्शकसँग प्रत्यक्ष अन्तरसंवाद गर्दै आफ्नो फिल्मको बारेमा यथेष्ट जानकारी गराएका थिए । फिल्म प्रति दर्शकको अभिरुचि निकै रहेको टुरमा सहभागी कलाकारले जनाएका छन् । नामका कारण पनि फिल्म कस्तो बनेको होला दर्शकमा ज्यादा कौतुहलता रहेको निर्माण स्रोतको भनाइ छ । मोफसल प्रचार प्रसार निकै प्रभावकारी बनेको निर्माता तथा निर्देशक बिसारत बस्नेतले फिल्मीकुरालाई जानकारी दिए । यस्तै यो टिमले काठमाडौंका विभिन्न स्थानमा समेत साङ्गीतिक कार्यक्रम गर्ने तयारी गरेको छ । मंगलबार अर्थात भोलि टिमका शीर्ष कलाकार सहितको टोली काठमाडौंका मुख्य मुख्य स्थानमा कार्यक्रम गर्न जादैछ । यो चलचित्रमा खिलेन्द्र तिमल्सिना, प्रजापति शिवाकोटी, मुकेश रेग्मी र बिसारद बस्नेतको लगानी रहेको छ । चलचित्रले कुमार केटाहरुको यौन मनोविज्ञानको कथालाई बोल्नेछ ।


यस्तै एक्सन लभस्टोरी जनराको चलचित्र ‘जय शम्भु’ को प्रचार प्रसार पनि भिन्न तवरले गरिएको छ । फिल्मको यूनिटले पोखरा, चितवन र बुटवल पुगि दर्जन बढी होटल तथा लन्जहरुमा फिल्मको बारेमा एकमुष्ट जानकारी गराएको छ । यति मात्र होइन मोफसलमा रहेका पत्रकारमाझ अन्तरक्रिया समेत गरेको यो टिम यतिबेला भने राजधानी फर्किएको छ । फिल्मका शीर्ष कलाकार प्रशान्त ताम्राकार, अनुप विक्रम शाही, वर्षा शिवाकोटी लगायतका कलाकार प्रचार प्रसारमा हाल व्यस्त छन् । लामो समय पछि एक्सनले भरिपूर्ण चलचित्र दर्शकमाझ आउन लागेको हो । पछिल्लो समय एक्सन फिल्मको खडेरी नै परेको छ भन्दा फरक पर्दैन । न त उति सारो एक्सन हिरो नै चलिरहेका छन् । यद्धपि यो चलचित्र एक्सन मन पराउने दर्शकको प्यास मेट्न तयार छ । दिनेश शाही प्रस्तुत चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । फिल्मको ट्रेलरमा समावेश दृश्यले एक्सनका लागि कलाकारले निकै जोखिम उठाएको पाउन सकिन्छ । श्री श्रेष्ठले यो चलचित्रको द्धन्द निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो