प्रियंका र आयुष्मान सहित तीन जोडीको छमछमी, चङ्गा चेट गीत रिलिज


Filmy Kura, Aug 21, 2018 at 2:11 pm


कमेडी जनराको चलचित्र ‘चङ्गा चेट’ को रमाइलो गीत रिलिज भएको छ । ‘गोजीमा दाम छैन’ बोलको गीतमा प्रियंका कार्की र आयुष्मान देशराज जोशी सहित सन्दिप क्षेत्री, पारामिता राणा, सुरक्षा पन्त र रविन्द्र झाको जोडीले छमछमी नाचेका छन् ।

सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको अफिसियल गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा राजनराज शिवाकोटीको संगीत तथा स्वर रहेको छ । उनलाई गायनमा मेलिना राई र ग्रिष्मा शिवाकोटीले साथ दिएका छन् । हरिहर तिमिल्सिनाको शब्द रहेको यो गीतमा प्रविन सिंहले कोरियोग्राफी गरेका छन् । विगत दश वर्ष देखि फिल्म मेकिङमा लागेका माधव वाग्लेले यो चलचित्रको निर्माण गरेका हुन् । यसै फिल्मका लागि प्रयोग गरिएको नक्कली नोट व्यवसायिक प्रयोजनमा खर्चिएको भनि उनलाई केही समय पहिले जेल चलान गरिएको थियो । समारोहमा बोल्दै उनले भने, ‘चलचित्र चङ्गा चेट जस्तै मेरो रियल लाइफमा पनि कता कता केही समय पहिलेको घटना मिलेको जस्तो लाग्छ । न्यायलयबाट न्याय पाउने आशा गरेको छु ।’

यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । उनले यो चलचित्रलाई डार्क कमेडी भन्न रुचाए । नायिका प्रियंका कार्कीले निर्देशकको तारिफ गरिन् भने यसमा आबद्ध अन्य कलाकारको काम निकै मन परेको बताइन् । नायक आयुष्मान देशराजले सुटिङमा सन्दिप क्षेत्री र रविन्द्र झाले निकै हसाएको पल स्मरण गरे । यता कलाकार सन्दिप क्षेत्रीले आफूलाई जबरजस्त ¥याप गाउन लगाएको भन्दै त्यो ¥याप आफैले अहिले सम्म नबुझेको तर्क गरे । सुरक्षा पन्तले विगत देखि नै आफ्ना हरेक प्रोजेक्टमा निर्देशक खनालले विश्वास गरेर लिएको भन्दै धन्यवाद प्रकट गरिन् । रविन्द्र झाले चलचित्र मनोरञ्जन बनेको दाबी गरे ।

चलचित्र आगामी कात्तिक १६ गते रिलिज हुँदैछ । फिल्ममा आयुष्मान देशराज जोशी, रविन्द्र झा, सन्दिप क्षेत्रीप, अर्पण थापा, शिशिर बाङ्देल, माओत्से गुरुङ, प्रियंका कार्की, पारामिता राज्यलक्ष्मी राणा, सुरक्षा पन्त, सरिता गिरी, पुष्कर गुरुङ लगायतको अभिनय रहेको छ । माधव वाग्ले र शर्मिला पाण्डेले फिल्ममा लगानी गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो