प्रदीप खड्का स्टारर रोज ट्रेलर सार्वजनिक, रामकहानीसँग जुध्ने भएपछि यस्तो तर्क


Filmy Kura, Aug 23, 2018 at 8:57 pm


नायक प्रदीप खड्का स्टारर चलचित्र ‘रोज’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी सस्पेन्स थ्रिल जनराको फिल्मको ट्रेलर आउट गरिएको हो ।

प्रदीप खड्कासँगै यस चलचित्रमा कर्म, मिरुना मगर, परमिता आरएल राणको मुख्य भूमिका छ । समारोहमा बोल्दै नायक प्रदीपले यो चलचित्रमा डिफरेन्ट रोल निर्वाह गरेको बताए । आफ्नै प्रेमिकालाई गोली हानी हत्या गर्ने चरित्र उनले यो चलचित्रमा निभाएका छन् । यस अघि उनी एक लभर ब्वाईको भूमिका देखिदै आएका थिए । उनको चरित्रले समाजमा कस्तो प्रभाव पर्ला त ? जवाफमा प्रदीप भने, ‘समाज कै पोजेटिभ अनि नेगेटिभ दुवै पाटोलाई हामीले फिल्ममा देखाउने गर्छौ । यो फिल्ममा मैले निभाएको चरित्रबाट अरुले यस्तै सिकोस् भन्ने कदापी हैन । तर एक प्रेमीले प्रेमिकालाई किन गोली हानी हत्या ग¥यो भन्ने कुरा थाहा पाउन भने फिल्म नै हेर्नुपर्छ ।’ चलचित्र भाद्र २२ गते रिलिज हुँदैछ । यहि मितिमा पूजा शर्मा अभिनित तथा निर्मित फिल्म ‘रामकहानी’ पनि रिलिज हुँदैछ । कतै प्रदीपले पूजासँग टक्कर लिनको लागि यो डेट त रिफर गरेका होइनन् निर्माण टिमलाई भन्ने एक पत्रकारको जिज्ञासामा उनको जवाफ भने फरक आयो । आफूले कहिल्यै पनि यस्तो सल्लाह निर्माण यूनिटलाई नदिएको प्रदीपले दाबी गरे । बरु फिल्मको लागि केही बेटरमेन्ट हुन्छ भने त्यस्ता कुरा आफूले खुलेर राख्ने गरेको स्पष्ट पारे ।

चलचित्रलाई निरक पौडेलले निर्देशन गरेका हुन् । चलचित्रको विषय प्रति बोल्दै उनले भने, ‘रोजी महर्जनको हत्या प्रकरणको विषयमा फिल्म कतिपनि मिल्दैन । धेरैले यो फिल्मको नाम परिवर्तनको विषयमा हामीलाई सोध्नु भएको छ । फिल्मको कथावस्तु नमर्ने प्रकारले नै हामीले रोजीबाट रोज नाम चुनेका हौ । रोजीको परिवारसँग बसेरै वकिल सँग कुरा भएपछि हामीले फिल्म अघि बढाएका हौ । रोजी महर्जनको जीवन माथि यो फिल्म गरिएको छैन ।’ चलचित्रमा मिरुना मगर वकिलको भूमिका रहेकी छिन् । उनले सुटिङको समय धेरै सहयोग पाएको बताइन् । भिन्न चरित्र बहन गर्दै गर्दा वकिलले बोल्ने भाषा छनोट देखि अन्य कुरामा निकै हेल्प मिलेको भनाइ राखिन् । कर्मले फिल्म राम्रो बनेको बताए ।

गोपीकृष्ण मूभिजको व्यानरमा निर्माण भएको यस चलचित्रमा आयरा पौडेल र आरोही केसीको लगानी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो