पूजाको छेउ पुगे आकाश, रामकहानीको अर्को गीत सार्वजनिक (भिडियो)


Filmy Kura, Aug 23, 2018 at 9:15 pm


चलचित्र ‘रामकहानी’ अर्को गीत रिलिज भएको छ । डिजिटल राइट्स लिएको बुढासुब्बा युट्युव च्यानल मार्फत फिल्मको ‘आए म तिम्रो छेउ’ बोलको गीत बिहीबार साँझ सार्वजनिक गरिएको हो ।

सुगम पोखरेल र अन्जु पन्तको स्वर समावेश गीतमा नायिका तथा निर्मात्री पूजा शर्मा र नायक आकाश श्रेष्ठ फिचर भएका छन् । शब्द तथा संगीत अुर्जन पोखरेलले दिएका हुन् । सुदर्शन थापा निर्देशित यो चलचित्र भाद्र २२ मा रिलिज हुँदैछ । पूजा र आकाशको अलवा फिल्ममा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, राजाराम पौडेल, शिशिर राणा, विशाल पहारी, सुनिता श्रेष्ठ लगायतको अभिनय रहेको छ । चलचित्र सस्पेन्स थ्रिल सहितको रोमाञ्चक लभस्टोरी भएको निर्माण यूनिटले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो