लक्षुको निर्देशनमा ब्ल्याक इयर बन्ने, मैतीदेवी मन्दिरमा गरियो मुहुर्त


Filmy Kura, Aug 23, 2018 at 9:53 pm


महिला निर्देशक लक्षु गौतमको निर्देशनमा चलचित्र ‘ब्ल्याक इयर’ निर्माण हुने भएको छ । बिहीबार बिहान काठमाडौंमा रहेको मैतीदेवी मन्दिरमा पूजाआजा गरी फिल्मको शुभमुहुर्त गरिएको हो ।

चलचित्रलाई योगेन्द्र पनेरुले निर्माण गर्नेछन् । भदौ १० देखि फिल्मको छायांकन प्रारम्भ गरिनेछ । चलचित्रमा सुरेन्द्र बुढाथोकी, रश्मी शाह, उकेश पनेरु, अनुपा खड्का, देव सागर, पवन भट्टराई जस्ता कलाकारको अभिनय रहनेछ । भूकम्पले एक परिवारलाई पारेको आघातको विषयमा यो फिल्म केन्द्रित रहनेछ । काठमाडौं र ललितपुरमा छायांकन हुने चलचित्रलाई रामेश्वर हुमागाईले खिच्नेछन् ।
चलचित्र अर्को वर्ष २०७६ मा रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो