अमेरिका बस्ने लाक्पाको दुई नयन सार्वजनिक


Filmy Kura, Aug 28, 2018 at 12:48 pm


अमेरिकामा बस्दै आएका गीतकार लाक्पा डेण्डी शेर्पाको पहिलो गीति संग्रह ‘दुई नयन’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच गीतकार शेर्पाको गीति संग्रहलाई बरिष्ठ गीतकार डा. कृष्णहरि बराल र संगीतकार शक्ति बल्लभले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्दै गीतकार बरालले शेर्पाको लेखन कलाले मन छोएको बताए । यता संगीतकार बल्लभले नेपाल बाहिर रहेर पनि शेर्पाले आफूलाई गीत संगीतमा उभ्याएको कुरालाई सकारात्मक रुपमा लिनुपर्ने तर्क गरे । आफ्ना दुई छोरीलाई समर्पित गर्दै गीतकार शेर्पाले एल्बमको नाम ‘दुई नयन’ जुराएको बताएका छन् । सार्वजनिक एल्बमको गीतमा जगदिश समाल, यशोदा तिमिल्सिना, विष्णु अधिकारी, गणेश पराजुली, यम बराल, डोमा शेर्पा, एपी शेर्पा र मेलिना राईको स्वर समावेश छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो