बाध मायाले ट्रेलर रिलिज, मिलन र विछोडको समिश्रण (भिडियो)


Filmy Kura, Aug 31, 2018 at 3:46 pm


मिलन र विछोडको समिश्रण रहेको चलचित्र ‘बाध मायाले’ को अफिसियल ट्रेलर रिलिज भएको छ । डिजिटल राइट्स लिएको हाइलाइट्स नेपाल युट्युव च्यानल मार्फत फिल्मको ट्रेलर शुक्रबार रिलिज गरिएको हो ।

सविर श्रेष्ठ निर्देशित फिल्ममा आर्यन अधिकारी र श्रृष्टि श्रेष्ठको मुख्य भूमिका छ । सबै प्रकारका फिल्म बनाउन माहिर निर्देशक श्रेष्ठले यो पटक युगल जोडीलाई रुवाउने कोसिस गरेका छन् ‘बाध मायाले’ मार्फत । श्रृष्टि र आर्यनको जोडीलाई दर्शकले पहिलो पल्ट यसै फिल्म मार्फत देख्न पाउने भएका हुन् । आर्यन खासगरि एक्सन हिरोको रुपमा चिनिन्छन् भने पूर्व मिस नेपाल समेत रहेकी श्रृष्टि ‘गाजलु’ फिल्म पश्चात दर्शकमाझ चिनिन पुगेकी थिइन ।

यो चलचित्र आगामी असोज ५ गते रिलिज हुँदैछ । चलचित्रमा आर्यन र श्रृष्टिको अलवा राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङ, किशोर खड्का लगायतको अभिनय रहेको छ । चलचित्रमा लगानी हरि धिताल र विभिशिका श्रेष्ठको रहेको छ । कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन रहेको चलचित्रलाई राजु ढुंगानाले सम्पादन गरेका हुन् । फिल्मको गीतमा संगीत अर्जुन पोखरेलले भरेका छन् । फिल्मको छायांकार बाबु श्रेष्ठ हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो