अनुराग ट्रेलरमा म्युजिकल जर्नी, फिल्म फ्लप भए एलिजा जी के गर्नी ?


Filmy Kura, Aug 31, 2018 at 4:13 pm


पत्रकार ऋषि धमला प्रस्तुत चलचित्र ‘अनुराग’ को ट्रेलर सार्वजनिक भएको छ । ओ.एस.आर युट्युव च्यानल मार्फत म्युजिकल जर्नीमा आधारित चलचित्रको ट्रेलर आउट गरिएको हो ।

चलचित्र नगरीमा ‘अनुराग’ मार्फत पत्रकार ऋषि धमलाको जीवनसंगीनीले हिरोइनको रुपमा इन्ट्रि मारेकी छिन् । उनको नाम हो एलिजा गौतम । तर पछिल्लो समय स्टारकास्ट भएकै फिल्मले समेत पानी भन्न नपाएको यो अवस्थामा नयाँ कलाकारको शीर्षस्थ भूमिका रहेको यो फिल्मले कस्तो रिजल्ट दिने हो त्यो कौतुहलताको विषय बनेको छ । एलिजा गौतम र समुन्द्र पन्डित फिल्मका शीर्ष कलाकार हुन् । यिनको अलवा ‘अनुराग’ मा थिन्ले लामा, सरोज खनाल, रुपा राणा, राजाराम पौडेल, मोहन निरौला, शिशिर राणा, कमलकान्त मैनाली लगायतको अभिनय रहेको छ ।

सत्यराज चौलागाईले चलचित्रलाई निर्देशन गरेका हुन् । किरण दाहालको कथामा आगत केसी र सत्यराजले पटकथा तथा संवाद लेखनको काम गरेका छन् । गीता भेटवाल र भरत गौतमको संयुक्त लगानीमा निर्मित यो चलचित्र असोज १२ गते प्रदर्शनमा आउनेछ । यो चलचित्र एरिका फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो