हास्नलाई हुनुस् रेडी, धुम ३ को मसलेदार ट्रेलर आउट (भिडियो)


Filmy Kura, Aug 31, 2018 at 7:20 pm


असोज ५ गते हलमा हासोको वर्षा हुने संकेत चलचित्र ‘धुम ३’ को ट्रेलरले छनक दिएको छ । शुक्रबार साइराम पिक्चर्स मार्फत कमेडीले भरिएको ‘धुम ३’ को मसलेदार ट्रेलर आउट गरिएको हो ।

यस अघिका सिरिजले मेकरलाई राम्रै मुनाफा दिलाएको थियो । सिक्वेल तीनमा भने फेसबुक देखि युगल जोडीको प्रेम सम्बन्धलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्न खोजिएको छ । जून फिल्मको ट्रेलर हेरेपछि सहज अनुमान लगाउन सकिन्छ । चलचित्रलाई जय किशन बस्नेतले लेखन, निर्माण तथा निर्देशन गरेका हुन् । यति मात्र होइन फिल्मको मुख्य भूमिकामा समेत उनी आफै देखिएका छन् । उनले यो पटक नव नायिकालाई स्थान दिएका छन् । उनको जोडीको रुपमा एलिना रायमाझीलाई पाउन सकिन्छ । जाहान्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुत ‘धुम ३’ जय र एलिनाको अलवा प्रज्वल गिरी, लय संग्रौला, शोभित बस्नेत, उत्तम केसी, सुरविर पण्डित, सिम्रन कार्की लगायतको अभिनय रहेको । हिमाल केसीको द्धन्द रहेको चलचित्रमा ओम सुनारले संगीत दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो