सन्तोष पन्त कृष्ण बन्दा राधाको भेष धरिन् वर्षाले, चौका दाउ गीतमा भिमफेदी गाइज


Filmy Kura, Aug 31, 2018 at 8:31 pm


चार दशक लामो समय संगीत क्षेत्रमा खर्चिएका सुप्रसिद्ध संगीतकार शम्भुजित बाँस्कोटाको संगीत रहेको चलचित्र ‘चौका दाउ’ को डान्सिङ नम्वर रिलिज गरिएको छ । शुक्रबार युट्युव मार्फत यो फिल्ममा समावेश ‘राधा पियारी’ बोलको गीत सार्वजनिक गरिएको हो ।

यो फिल्मको कथा समेत स्वयम संगीतकार शम्भुजित बाँस्कोटाको हो । उनका छोरा सौर्यजित बाँस्कोटाले ‘चौका दाउ’ को निर्माण गरेका हुन् । सार्वजनिक गीतमा बरिष्ठ हास्यकलाकार सन्तोष पन्त कृष्णको अवतारमा देखिएका छन् भने नायिका वर्षा राउत राधाको भेषमा प्रस्तुत भएकी छिन् । भिमफेदी गाइजको आकर्षक नृत्यले भरिएको यो गीतमा विल्सन विक्रम राई ‘तक्मे बुढा’ पनि फिचर भएका छन् । सार्वजनिक गीतलाई शम्भुजित र कोमलराज भण्डारीले संयुक्त रुपमा गाएका हुन् ।

पूर्णेन्दु झाको निर्देशन रहेको चलचित्र ‘चौका दाउ’ मा सन्तोष पन्त, तैयाब शाह, विल्सन विक्रम राई, रविन्द्र झा, वर्षा राउत, निर्मल शर्मा लगायतको अभिनय रहेको छ । फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो