स्वस्तिमाको मायामा चुर्लुम्ब डुबे खगेन्द्र, जय भोले ट्रेलर बन्यो यस्तो (भिडियो)


Filmy Kura, Sep 6, 2018 at 3:42 pm


आगामी बडा दशैलाई लक्षित चलचित्र ‘जय भोले’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । बिहीबार दिवा समय राजधानीमा रहेको कुमारी हलमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर आउट गरिएको हो ।

सार्वजनिक ट्रेलरमा कलाकार खगेन्द्र लामिछाने स्वस्तिमा खड्काको मायामा चुर्लुम्ब डुबेका छन् । तर स्वस्तिमाले भने खगेन्द्रको मायालाई इन्कार गरेको पाउन सकिन्छ । चलचित्रलाई स्वयम कलाकार खगेन्द्रले लेखेका हुन् । फिल्ममा यि दुईको अलवा सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुषाल, जयनन्द लामा, लक्ष्मी गिरी लगायतको अभिनय रहेको छ । फिल्मलाई लामो समय देखि फिल्म क्षेत्रमा क्रियाशिल अशोक शर्माले निर्देशन गरेका हुन् ।

उक्त समारोहमा चर्चित गायक राजेश पायल राईको फाउण्डेशनलाई ‘जय भोले’ टिमले २५ हजार नगद सहयोग गरेको थियो । निर्देशक अशोक शर्माले निर्माण गरेको फिल्म ‘गरिब’ बाट राजेश पायल राईले पाश्र्व गायन सुरु गरेका थिए । समारोहमा बोल्दै निर्देशक शर्माले भने, ‘खगेन्द्र भाईको पशुपति प्रसाद हेरेपछि मैले उहाँलाई बोलाए । त्यसपछि मैले स्क्रिप्ट चाहियो एउटा प्रोजेक्टको लागि भनेपछि उहाँले दुई तीन वटा ल्याएर देखाउनु भयो । त्यसपछि जय भोले निर्माणको कार्य सुरु भया ।’ फिल्ममा सुरुवातमा खगेन्द्रले यस्तो रोल के गर्नु भनेर अर्ड मानेको निर्देशक शर्माको भनाइ थियो । दशैंमा रिलिजमा आउने अन्य फिल्मलाई समेत आफ्नो मनदेखि शुभकामना रहेको उनले बताए ।

चर्चित गायक राजेश पायल राईले २५ हजारको चेक बुझिसकेपछि आफ्नो फाउण्डेशनको बारेमा जानकारी दिएका थिए । उनले २०६५ साल देखि फाउण्डेशन सञ्चालन गर्दै आइरहेका छन् । उनले प्रत्येक कन्सर्टमा गाएर आएको आफ्नो पारिश्रमिकको ५ प्रतिशत रकम फाउण्डेशनमा खर्चिने गरेको बताए । उनले निर्देशक अशोक शर्मा आफ्नो गड फादर रहेको समारोहमा खुलासा गरे ।

चलचित्र ‘जय भोले’ मा बसन्त श्रेष्ठको कोरियोग्राफी, राजनराज शिवाकोटीको संगीत, राजु ढुंगानाको सम्पादन तथा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । किरण शर्मा, कृति शर्मा र अंकित शर्माले यो चलचित्रको मिलेर निर्माण गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो