भुवनले गरे रामकहानीको तारिफ, के भनिन् त रेखाले ?


Filmy Kura, Sep 10, 2018 at 1:45 pm


आइतबार साँझ राजधानीमा रहेको कुमारी सिनेमा घरमा भुवन केसी देखि रेखा थापा सम्मले चलचित्र ‘रामकहानी’ को स्पेशल शो हेरेका छन् । अन्य आमन्त्रित चलचित्रकर्मी, सञ्चारकर्मी, फिल्मका शीर्ष कलाकार, निर्देशक देखि विशेष आकर्षण बनेका रेखा र भुवनले सो चलचित्र हेरेका हुन् ।

दुई घण्टा लामो चलचित्रलाई पर्दामा नियाले पछि हलबाट बाहिरिदै गर्दा सदाबहार नायक भुवन केसीले चलचित्रको दिल खोलेर प्रशंसा गरे । उनले नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको भूमिका आफूलाई निकै मन परेको बताए । अझ नायक आकाशले पाएको रोल त फ्यान्टास्टिक रहेको तर्क गरे । त्यस्तै अन्य हास्यकलाकारले गर्दा फिल्म अझ मजबुत बनेको उनको भनाइ थियो । निर्देशक सुदर्शन थापाले पुन आफूलाई अब्बल प्रमाणित गरेको भुवनले बताए । त्यस्तै नायिका रेखा थापाले फिल्म राम्रो लागेको प्रतिक्रिया दिईन् । उनले पूजाको काम तारिफ योग्य रहेको बताइन् ।

हासो, खुसी सँगै अन्त्यमा फिल्मले निकै भावुक बनाउने दर्शकले फिल्म हेरेपछि बताए । यता दर्शक प्रतिक्रियाबाट फिल्मका शीर्ष कलाकार निकै दङ्ग देखिन्थे । कलाकार केदार घिमिरे उर्फ माग्ने बुढाले चलचित्र नराम्रो लागेमा सिधै आफ्नो फेसबुकमा दर्शकले गाली गर्न आग्रह गरे । त्यसो त फिल्ममा कमेडी र लभस्टोरीसँगै हरर मिसाउने काम निर्देशक सुदर्शनले गरेका छन् । उनले चलचित्रबाट प्राप्त प्रतिक्रियाले थप उर्जा मिलेको बताएका छन् । वितरक सुनिल मानन्धरसँग कुरा गर्दा तीन दिनमा मोफसल र उपत्यका गरी ‘रामकहानी’ ले १ करोड १० लाखको ग्रस कलेक्शन गरेको जानकारी दिए ।

चलचित्रलाई पूजा र सुदर्शनले मिलेर निर्माण गरेका हुन् । फिल्मको सांगीतिक पाटो समेत निकै अब्बल रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो