स्पेन रहेका तुलसी गीत मार्फत देश सम्झदै, झण्डा फहराउँदै भन्दैछन् मेरो देश (भिडियो)


Filmy Kura, Sep 10, 2018 at 2:23 pm


विगत १० वर्ष देखि श्रमको सिलसिलामा नेपाल बाहिर रहेका गायक तुलसी शिवाकोटीले राष्ट्रिय भावनाले ओतप्रोत भएको गीत ‘मेरो देश’ सार्वजनिक गरेका छन् । हाल स्पेनमा रहेका गायक शिवाकोटीले प्रविन प्रोको संगीतमा रोजि लाबुङ राईको रचनामा ‘मेरो देश’ बोलको गीत ल्याएका हुन् ।

रितिशा एल्बममा सङ्ग्रहित यो गीतको भिडियोमा समेत गायक शिवाकोटी फिचरिङ छन् । उनले नेपालको चन्द्र र सूर्य अंकित झण्डा फहराउँदै ‘जहाँ रहेपनि जहाँ म भएपनि भूल्ने छैन मेरो देश’ भन्दै अभिनय समेत गरेका छन् । दर्जन बढी गीतमा आवाज भरिसकेका गायक शिवाकोटीले नेपाल बाहिर रहदा आफू जन्मिएको भूमिको धेरै याद र सम्झना आउने गरेको बताए । उनले यो गीत श्रमको सिलसिलामा नेपाल बाहिर रहने सबै दाजु भाई तथा दिदी बहिनीको एकमुष्ट आवाज भएको भनाइ राखे ।

सार्वजनिक गीतको भिडियो साइपरस, जापान, र जर्मनमा छायांकन गरिएको छ । भिडियोमा राष्ट्रिय झण्डा मात्र होइन नेपाली कल्चरल भेषभुषालाई समेत देखाइएको छ । यो भिडियोलाई गंगाराम सापकोटाले छायांकन, सम्पादन तथा निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो