छिरिङ्ग मौलिक चलचित्र हो, बेडसिन छैन : नायक तथा निर्देशक यश कुमार


Filmy Kura, Sep 10, 2018 at 2:53 pm

चलचित्र ‘छिरिङ्ग’ को अफिसियल ट्रेलर रिलिज भएको छ । गायक यश कुमारको प्रस्तुति तथा निर्देशन रहेको यो चलचित्र मौलिक नेपाली चलचित्र भएको निर्माण यूनिटले जनाएको छ ।

आइतबार दरबारमार्गमा रहेको क्युज सिनेमा हलमा पत्रकार सम्मलेन गरी फिल्मको ट्रेलर आउट गरिएको हो । एक केटीको लागि दुई युवाबीचको लडाइ फिल्मको मुख्य कथासार हो ।

लामो समय देखि गायनमा सक्रिय दुई युवा यश कुमार र निमा रुम्बाले फिल्मको शीर्ष रोल निभाएका छन् । त्यसो त गायक कुमारले यस अघि ‘बाटो मूनिको फूल’ र यसको सिक्वेलमा काम गरिसकेका छन् । समारोहमा बोल्दै नायक तथा निर्देशक यश कुमारले यो चलचित्र मौलिक नेपाली फिल्म भएको भन्दै कुनै बेडसिन नरहेको जानकारी दिए । उनले फिल्मको नाम झट्ट सुन्दा जनजातिपन झल्किने भएपनि यसलाई सबै नेपालीले हेर्दा आफ्नो पनको आभाष गर्ने जनाए । त्यसो त उनले यसै फिल्मबाट निर्देशनमा समेत डेव्यु गरेका छन् । आफूले फिल्मलाई न्याय दिएको उनको तर्क छ ।

यता अर्का नायक निमा रुम्बाले आफू ज्याकिच्यानको फ्यानको भएको भन्दै यसमा एक्सन भूमिकामा रहेको जनाए । एक्ट्रेस कामना भूजेलको समेत फिल्ममा मुख्य भूमिका रहेको छ । चलचित्रमा कवितराज गहतराज र गोविन्द प्रभातको नृत्य निर्देशन, चन्द्र पन्तको द्धन्द तथा सविर श्रेष्ठको कथा रहेको छ । यो फिल्म आगामी असोज १२ गते अल नेपाल प्रदर्शनमा आउँदैछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो