साम्राज्ञी–धिरज, आर्यन–श्रृष्टि र जयकिशन– एलिना मध्ये कुन जोडी हेर्ने ?


Filmy Kura, Sep 21, 2018 at 3:47 pm


पर्दामा आज अर्थात असोज ५ गते शुक्रबार देखि तीन वटा चलचित्र प्रदर्शन भएका छन् । साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको जोडी बाधिएको ‘इन्टु मिन्टु लण्डनमा’, आर्यन अधिकारी र श्रृष्टि श्रेष्ठको जोडी रहेको ‘बाध मायाले’ र जयकिशन बस्नेत र एलिना रायमाझी अभिनित चलचित्र ‘धुम ३’ एकसाथ प्रदर्शन भएका हुन् ।

मल्टिप्लेक्स हलमा रेनशा बान्तवा राई निर्देशित ‘इन्टु मिन्टु लण्डनमा’ ले तुलानात्मक रुपमा हल बढी पाएको छ । उनको यो डेव्यु निर्देशनमा तयार चलचित्र हो । जून फिल्मको बिहीबार साँझ राजधानीमा रहेको विग मुभिजमा ग्राण्ड रेड कार्पेट प्रिमियर शो गरिएको थियो । फिल्मका शीर्ष कलाकार सहित अन्य आमन्त्रित चलचित्रकर्मी केकी अधिकारी, बेनिशा हमाल, दीपाश्री निरौला, रमेश उप्रेती, झरना थापा, सुनिल कुमार थापा लगायतले प्रिमियरमा यो फिल्म हेरेका थिए । चलचित्र हेरिसकेपछि प्रायजसोले फिल्मको सिनेमेटोग्राफी पक्षको उच्च प्रशंसा गरेका थिए । लोकेशन वाइज फिल्म रिच देखिएको छ । त्यस्तै डेव्यु हिरो धिरज मगर नयाँ जस्तो कति पनि नलागेको बताएका थिए । उनको गुड लुकिङ सँगै अभिनय पक्ष पनि राम्रो रहेको प्रिमियरमा उपस्थित अतिथिले बताएका थिए । यस्तै विगत १० वर्ष देखि कोरियोग्राफरको रुपमा राम्रो छवि बनाएकी डेव्यु डिरेक्टर रेनशाको काम नि राम्रो रहेको प्रिमियर पछि प्रतिक्रिया मिल्यो । चलचित्रमा धिरज र साम्राज्ञी सहित सारुक ताम्राकार मुख्य भूमिकामा रहेका छन् ।

यस्तै चलचित्र ‘बाध मायाले’ भने सविर श्रेष्ठ निर्देशित फिल्म हो । संख्यात्मक रुपमा यो चलचित्रले केही कम हल पाएको छ । लभस्टोरी जनराको यस चलचित्रमा आर्यन अधिकारी र श्रृष्टि श्रेष्ठ प्रमुख भूमिकामा छन् । यि दुईको अलवा राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङ, किशोर खड्का लगायतको अभिनय छ । किशोर खड्काले यसै फिल्मबाट रजतपट प्रवेश गरेका हुन् । काइट्स इन्टरटेन्मेन्ट प्रस्तुत यस चलचित्रमा नायक आर्यन एक्सन अवतारमा समेत देखिएका छन् । रामहरि धिताल र विभिषिका श्रेष्ठ फिल्मका निर्माता हुन् । चलचित्रको गीत संगीत पक्ष अब्बल रहेको छ । बाबु श्रेष्ठको छायांकन, रोशन श्रेष्ठको द्धन्द, अर्जुन पोखरेलको संगीत रहेको फिल्मका कार्यकारी निर्माता केदार धिताल हुन् ।

अब कुरा रह्यो ‘धुम ३’ को । सिंगल थिएटरमा यो फिल्मले कब्जा जमाउने अनुमान गरिएको छ । अघिल्ला दुई सिरिजले धुम मच्चाउन सफल भएपछि नायक जय किशन बस्नेतले आफ्नै निर्माण, निर्देशन तथा लेखनमा यो चलचित्र दर्शकमाझ ल्याएका हुन् । फिल्म कमेडी जनरामा आधारित छ । फिल्मले सामाजिक सञ्जाल फेसबुकबाट हुने प्रेम सम्बन्ध देखि समसामयिक विषयलाई व्यङ्ग्यात्मक शैलीले प्रस्तुत गरेको निर्माण यूनिटले जनाएको छ । मनोरञ्जनको हन्ड्रेट प्रतिशत ग्यारेन्टि भन्ने स्लोगन रहेको ‘धुम ३’ मा डेव्यु एक्ट्रेस एलिना रायमाझी जय किशनको जोडीको रुपमा देखिएकी छिन् । फिल्म क्षेत्रमा केही गर्ने उद्देश्य सहित आएकी उनी पहिलो फिल्म सफल भएको खण्डमा आगामी दिनमा यसै क्षेत्रलाई निरन्तरता दिने निर्णयमा पुगेकी छिन् । चलचित्र पूर्ण मनोरञ्जक बनेको भन्दै एकपटक दर्शकलाई हेरेर आफ्नो कामको मूल्याङ्कन गर्न उनले आग्रह गरेकी छिन् । जय र एलिना बाहेक फिल्ममा प्रज्वल गिरी, उत्तम केसी र शोभित बस्नेतको समेत अभिनय हेर्न सकिन्छ ।

असोज महिनाको पहिलो साताबाट प्रदर्शनमा आएका यि तीन चलचित्र मध्ये कुन हिटको सूचिमा पर्ला कुन फ्लपको सूचिमा यसको लागि भने एकसाता कुर्नुको विकल्प छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो