गीत रिलिज सँगै मोफसल टुरको तयारीमा निर्जला टिम, प्रकाश दौडधुपमा


Filmy Kura, Sep 21, 2018 at 5:02 pm


चलचित्रमा चाडपर्व विशेष गीत कमै समावेश हुने गरेका छन् । फिल्मको कथावस्तु अनुरुप गीत तयार पारिन्छ । यद्धपि बेलाबखत चाडपर्वलाई झल्को दिने प्रकारको गीत फिल्ममा राख्ने गरिएको छ । यसैबीच चलचित्र ‘निर्जला’ को बिहीबार सार्वजनिक गरिएको गीत नेपालीहरुको महान चाड बडा दशैंसँग सम्बन्धित छ ।

बाबुल गिरी र सुजता बर्माको युगल स्वर रहेको ‘यसपालीको दशैंमा’ बोलको गीत काठमाडौंको बागबजारमा अवस्थित सिटिम्याक्स हलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । बाबुल गिरी कै संगीत रहेको गीतमा दिनेश सुवेदीको शब्द संकलन रहेको छ । पुराना तथा पाका नृत्य निर्देशक कमल राईको कोरियोग्राफी रहेको गीतमा पिङमा मच्चिएर नायिका तथा लेखिका शुभेच्छा थापाले अभिनय गरेकी छिन् । भक्तपुरको घ्याम्पे डाँडामा छायांकन गरिएको गीतमा फिल्मका मुख्य नायक किशोर खतिवडासँगै अन्य कलाकार फिचर भएका छन् । रवि कोइरालाले खिचेको फिल्म असोज १९ गते प्रदर्शनमा आउँदैछ ।

व्यवसायी प्रकाशचन्द्र न्यौपानेले ‘निर्जला’ मा लगानी गरेका छन् । उनले ‘निर्जला’ नारी प्रधान रहेको भन्दै यो बडा दशैंमा उपहार स्वरुप यो चलचित्र दर्शकमाझ ल्याएको समारोहमा बताए । फिल्मलाई लिएर उनको दौडधुप अहिले निकै बढेको छ । विभिन्न मिडियामा पुग्ने देखि फिल्मको प्रचार प्रसारलाई व्यापक बनाउने उद्देश्य सहित उनी यतिबेला लागिपरेका छन् । फिल्मीकुरासँग कुरा गर्दै निर्माता न्यौपानेले भने, ‘अब हामी मोफसल टुरको तयारीमा जुटेका छौ । झण्डै हप्ता दिन हामी उपत्यका बाहिरका प्रमुख शहरमा पुग्नेछौ र त्यहाँका पत्रकार तथा सञ्चारकर्मीसँग फिल्मको विषयमा साक्षात्कार गर्नेछौ ।’


चलचित्रलाई राजु गिरीले निर्देशन गरेका हुन् । यस अगाडिका केही फिल्मका कारण उनको छवि धुमलिएको थियो । यद्धपि उनले अघिल्ला फिल्म भन्दा यो पटक पारिवारिक सामाजिक फिल्म लिएर आएको बताएका छन् । चलचित्र सपरिवार बसेको हेर्न मिल्ने उनको भनाइ छ ।

फिल्ममा किशोर खतिवडा, शुभेच्छा थापा, निक्स शर्माको मुख्य भूमिका छ । यि तिनको अलवा फिल्ममा पल्पसा डंगोल, श्याम राई, शर्मिला शर्माको समेत अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो