२४ घण्टामा छक्का पञ्जा ३ ट्रेलर ट्रेन्डिङको १४ औं स्थानमा


Filmy Kura, Sep 23, 2018 at 10:58 am


घटस्थापना देखि रिलिज हुने चलचित्र ‘छक्का पञ्जा ३’ को ट्रेलर युट्युव ट्रेन्डिङको १४ औं स्थानमा परेको छ । ट्रेलर छाडिएको २४ घण्टाको अवधिमा १४ औं स्थान हासिल गर्दा युट्युवमा यसलाई ४ लाख २५ हजार पटक हेरिएको छ ।

यसबीचमा १२ हजारले ट्रेलर लाइक गरेका छन् भने १७ सय जनाले डिसलाइक । २२ सयको हाराहारीमा कमेन्ट प्राप्त छन् । एक कमेन्टकर्ताले लेखेका छन्, ‘यो पाली धेरै नै संवेदनशील र सामाजिक मुद्धामा बनेको रहेछ चलचित्र । यो पटक पनि छक्का पन्जा ३ ले रेकर्ड राख्ने भो । न्यूकमरमा देखिएकी नायिकाले राम्रै काम गरेको जस्तो लाग्यो ।’ त्यसो त कमेन्ट मिश्रित आएका छन् । कतिपयले अपेक्षा गरिए जस्तो नभएको भनेका छन् कतिले फिल्मको इश्यु समसायिक भएको तर्क गरेका छन् ।

दीपकराज गिरी फिल्मका लेखक हुन् । दीपाश्री निरौला निर्देशित फिल्मले यो पटक शिक्षा सम्बन्धि हुने बिकृति प्रति व्यङ्ग्य गरेको छ । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, दीपिका प्रसाईको मुख्य भूमिका छ । वडा दशैलाई लक्षित गरिएको फिल्मले व्यापारिक रेकर्ड कस्तो राख्ला भन्नेमा धेरैको ध्यान तानेको छ । यो टिमले निर्माण गरेका फिल्म लगातार हिट सूचिमा पर्दै आएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो