इन्टु मिन्टु लण्डनमालाई उल्लेख्य दर्शक साथ, देखियो साम्राज्ञीको क्रेज


Filmy Kura, Sep 23, 2018 at 1:55 pm


चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ लाई उल्लेख्य दर्शक साथ मिलेको छ । डेव्यु हिरो धिरज मगरसँग देखिएकी नायिका साम्राज्ञीराज्य लक्ष्मीको क्रेज शनिबार राजधानीको हलमा राम्रै देखियो ।

निर्माण यूनिट फिल्मका शीर्ष कलाकार सहित राजधानीका विभिन्न हलमा दर्शक प्रतिक्रिया बुझ्न पुगेका थिए । धेरै जसो दर्शकले प्रत्यक्ष कलाकार भेट्न पाउदा खुसी हुँदै सेल्फी खिचाए । उपत्यकामा मात्र होइन मोफसलमा पनि फिल्मको व्यापार आक्रामक रहेको वितरक मनोज राठीको दाबी छ । लभस्टोरी जनरामा आधारित यो फिल्मलाई रेनशा वान्तवा राईले निर्देशन गरेकी हुन् । एक दशक कोरियोग्राफरको रुपमा काम गरेको अनुभवलाई उनले फिल्म निर्देशनमा लगाएकी थिइन् । जून प्रयास सफल ठहरिएको छ । त्यसो त साम्राज्ञी र धिरजको जोडीलाई पनि दर्शकले निकै रुचाएका छन् । लण्डनमा सुट गरिएको चलचित्रको दृश्यले निकै मन लोभ्याउँछ । धिरज र साम्राज्ञीको अलवा फिल्ममा सारुक ताम्राकारको मुख्य भूमिका रहेको छ ।


दुई दिनमा यो फिल्मले करोड माथिको व्यापार गरेको निर्माण यूनिटले जनाएको छ । शुक्रबार र शनिबार दर्शक साथ पाएको फिल्मलाई आइतबार पनि उत्तिकै दर्शक साथ मिलेको छ । प्रभुशमशेर जबरा र प्रज्वलशमशेर जबराले संयुक्त रुपमा निर्माण गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो