छिरिङ्गको ‘ए कान्छा…’ गीत रिलिज, असोज १२ मा देशैभर फिल्म लाग्ने


Filmy Kura, Sep 24, 2018 at 3:10 pm


चलचित्र ‘छिरिङ्ग’ ‘ए कान्छा…’ बोलको गीत रिलिज भएको छ । डिजिटल राइट्स लिएको बुढा सुब्बा युट्युव च्यानल मार्फत फिल्मको गीत रिलिज गरिएको हो ।

त्यसो त यो गीत वर्षौ पहिलेको हिट गीत हो । जसमा अरुणा लामा रुद्र गुरुङको आवाज रहेको छ । सोही गीतलाई रिमेक गर्दै निर्देशक यश कुमारले यो फिल्ममा समावेश गरेका हुन् । उनले भने, ‘यो गीत फिल्मको कथावस्तु अनुरुप राख्न उपयुक्त भएरै मैले राइट्स लिएर छिरिङ्गमा राखेको हुँ । गीतको स्थायी उही भएपनि अन्तरा केही परिवर्तन गरेर हामीले तयार पारेका छौ ।’ यश कुमार र सुनिता थेगिमको स्वर यो गीतमा रहेको छ ।

फिल्म यहि असोज १२ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । दुई गायक यश कुमार र निमा रुम्बाको शीर्ष रोल फिल्ममा रहेको छ । डेव्यु एक्ट्रेस कामना भूजेल यशको जोडीको रुपमा देखिएकी छिन् फिल्म भित्र । हिमाली भेग मुस्ताङमा सुट गरिएको फिल्म राम्रो बनेको निर्देशक यश कुमारले दाबी गरेका छन् ।

हेर्नुस् गीत यस्तो बनेको छ :


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो