निर्जला ट्रेलर सार्वजनिक, हासो, रोदन र एक्सनको समिश्रण (भिडियो सहित)


Filmy Kura, Sep 24, 2018 at 3:24 pm


चलचित्र ‘निर्जला’ को ट्रेलर सार्वजनिक गरिएको छ । साइराम पिक्चर्स मार्फत सार्वजनिक ट्रेलरमा हासो, रोदन र एक्सनको समिश्रण रहेको छ ।

सोमबार युट्युव मार्फत ट्रेलर आउट गरिएको हो । वैदेशिक रोजगारीका लागि युवा विदेसिदा गाउँमा लास उठाउने मान्छे समेत अभाव भएको ट्रेलरमा देखाइएको छ । नारी प्रधान फिल्ममा शुभेच्छा थापा ‘निर्जला’ को क्यारेक्टरमा रहेकी छिन् । यता उनको जोडी नायक किशोर खतिवडा होकि निक शर्मा ट्रेलरमा त्यति खुलाइएको छैन ।

फिल्ममा यी तीनको अलवा राजकुमार थापा, शर्मिला शर्मा, श्याम राई, पल्पसा डंगोल लगायतले अभिनय गरेका छन् । चलचित्रलाई प्रकाश न्यौपानेले निर्माण गरेका हुन् भने यसका निर्देशक राजु गिरी हुन् । फिल्म असोज १९ गते बडा दशैंलाई लक्षित गर्दै रिलिज हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो