रेनशाले घोषणा गरिन् अर्को फिल्म, धिरज दोहोरिने सम्भावना प्रवल


Filmy Kura, Sep 27, 2018 at 12:22 pm


डेव्यु निर्देशक रेनशा वान्तवा राईले अर्को चलचित्र निर्माणको घोषणा गरेकी छिन् । ‘इन्टु मिन्टु लण्डनमा’ बाट निर्देशन यात्रा तय गरेकी उनले बुधबार राजधानीमा एक कार्यक्रमका बीच ‘आइ एम ट्वान्टी वान’ निर्माणको घोषणा गरेकी हुन् । यो चलचित्र २०७६ को बडा दशैंलाई रिलिज गराउने लक्ष्य राखिएको छ । चलचित्र निर्माण घोषणा गरेपनि फिल्ममा प्रमुख कलाकार को–को रहने भन्ने बारेमा जानकारी गराइएको छैन ।

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को सफलताको साट्न आयोजना गरिएको कार्यक्रममा नयाँ फिल्म निर्माणको घोषणा गरिएको हो । साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर स्टारर यो चलचित्रले ३ करोड माथिको व्यापार गरेको निर्माण पक्षले जनाएको छ । यो खुसीयालीमा टिमले केक काटेर सञ्चारकर्मी माझ व्यापारिक रिपोर्ट सार्वजनिक गरेको हो । धिरज मगरलाई डेव्यु गराएकी रेनशाले यो चलचित्रमा भने उनलाई दोहा¥याउने सम्भावना रहेको छ ।

चलचित्रको यतिबेला विदेशका विभिन्न राष्ट्रबाट डेमाण्ड भएको निर्माण स्रोतले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो