नालापानी टिजर आउट, मेकिङ पक्ष तारिफयोग्य (भिडियो)


Filmy Kura, Sep 28, 2018 at 9:55 am

चलचित्र ‘नालापानी’ को टिजर आउट गरिएको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको १ मिनेट ३५ सेकेण्डको टिजर सार्वजनिक गरिएको हो ।

इतिहास र विरतासँग जोडिएको यो फिल्मको मेकिङ पक्ष निकै तारिफ योग्य छ । फिल्मको सिनेमेटोग्राफी र अंग्रेजसँगको वारलाई निकै बुलन्द तवरले देखाईको छ । बहादुर नेपालीको परिचय मात्र टिजरले झल्काएको छैन यसले विगतको इतिहासलाई पर्दामा उठाएर नयाँ पुस्ताको लागि भिजुअल अभिलेखको काम गरेको छ । पद्मा कुमारी फिल्म्स् र गंगा नारायण फिल्म्स् प्रोडक्सनको प्रस्तुति ‘नालापानी’ लाई रिमेश अधिकारीले निर्देशन गरेका हुन् । मनोज शाक्य निर्मित फिल्ममा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पुजना प्रधान, मनोज शाक्य, जनक बर्तौला, गीता अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन् । रोशन श्रेष्ठको द्धन्द तथा रामशरण उप्रेतीको छायांकन रहेको फिल्ममा रिमेश अधिकारी र कृष्ण आचार्यले मिलेर संवाद लेखेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो