फ्राइडे रिलिजमा तीन फिल्म, कुन हेर्ने रोजी छाडी


Filmy Kura, Sep 28, 2018 at 10:27 am


फ्राइडे रिलिज अन्तर्गत आजदेखि सिनेमा घरमा तीनवटा भिन्न स्वादका र शैलीका चलचित्र लागेका छन् । ‘छिरिङ्ग’, ‘अनुराग’ र ‘कथा काठमाडौं’ शीर्षकका फिल्म प्रदर्शनमा आएका हुन् ।

पहिले चर्चा गरौ ‘छिरिङ्ग’ को । दुई गायक नायकको रुपमा प्रस्तुत भएको चलचित्र ‘छिरिङ्ग’ को रिलिजको अघिल्लो दिन काठमाडौंमा रहेको जय नेपाल हलमा रेड कार्पेट प्रिमियर शो गरिएको थियो । साँझको समय गरिएको प्रिमियरमा ‘छक्का पन्जा ३’ टिम देखि अन्य चलचित्रकर्मी सहभागी भएका थिए । निमा रुम्बा र यश कुमार जसको गायनमा छुट्टै स्थान हासिल भइसकेको छ यि दुई फिल्मको लिड क्यारेक्टरमा रहेका छन् । यसै फिल्मबाट कामना भूजेलले नायिकाको रुपमा डेव्यु गरेकी छिन् । फिल्मको हेरिसकेपछि धेरै यसको प्रस्तुतिकरण राम्रो रहेको प्रतिक्रिया दिए । त्यसो त गायकबाट नायकको मात्र नभई यो पटक यश कुमारले निर्देशनको जिम्वेवारी समेत सम्हालेका छन् । उनले दर्शक प्रतिक्रियाबाट थप हौसला मिलेको फिल्मीकुरालाई बताए । जोमसोममा छायांकन भएको फिल्ममा परिवर्तन चाहाने दुई युवाको कथा समावेश गरिएको छ । साथै चलचित्रमा सांस्कृतिपन झल्कने बाजा गाजा र भेषभुषा समेत प्रयोग गरिएको छ । हृदम फिल्म्स् प्रस्तुत यस चलचित्रमा आइबी दर्नाल, सुनिल माथेमा र नविन बुढाथोकीले लगानी गरेका छन् । ‘छिरिङ्ग’ लाई मानकृष्ण महर्जनले खिचेका हुन् भने फिल्मको कथा सविर श्रेष्ठले लेखेका हुन् ।

यस्तै शुक्रबारबाट प्रदर्शनमा आएको अर्को चलचित्र ‘अनुराग’ भने म्यूजिकल लभस्टोरीमा आधारित छ । पहिलो पटक यसै फिल्मबाट पत्रकार ऋषि धमला फिल्म मेकिङमा आएका छन् भने उनकी पत्नी एलिजा गौतम नायिकाको रुपमा प्रस्तुत भएकी छिन् । एलिजाको अपोजिटमा समुन्द्र पन्डितले अभिनय गरेका छन् । यि दुई दर्शकको लागि नयाँ अनुहार हुन् । यद्धपि फिल्म राम्रो बनेको भन्दै दर्शकले साथ दिनेमा निर्माण यूनिट आशावादी छ । फिल्मलाई सत्यराज चौलागाईले निर्देशन गरेका हुन् । एलिजा र समुन्द्रको अलवा फिल्ममा थिन्ले लामा, सरोज खनाल, रुपा राना, राजारामा पौडेल लगायतको अभिनय हेर्न सकिन्छ ।

उता काठमाडौंको तीन फरक परिवेश प्रस्तुत गर्ने चलचित्र ‘कथा काठमाण्डु’ पनि शुक्रबारबाट रिलिजमा आएको चलचित्र हो । महिला हिंसाको मुद्धा यस फिल्मले उठाएको छ । दुई दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल संगीता श्रेष्ठले यो फिल्मको लेखन तथा निर्देशन गरेकी हुन् । फिल्ममा प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुष्मान देशराज जोशी, सन्ध्या केसी र संजोग कोइरालाको मुख्य भूमिका छ । विजय राई निर्मित फिल्म यस अघि केही यौनका दृश्यका कारण विवादमा तानिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो