रेखा थापा निर्देशित मालिका ट्रेलर रिलिज, कर्णालीकी कमला हिरोको रुपमा (भिडियो)


Filmy Kura, Sep 28, 2018 at 8:17 pm


नेपाली फिल्मका लागि हिरो उपमा पाएकी चर्चित नायिका रेखा थापा निर्देशित चलचित्र ‘मालिका’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । पछिल्लो समय इश्युबद्ध फिल्म निर्माणमा होमिएकी उनले यो पटक बाल विवाह र बलात्कार जस्तो जघन्य अपराधको विषय उठान गरेकी छिन् ।

फिल्मको ट्रेलरमा भोजपुरी संवाद बोल्दै नारीलाई पछि हटेर होइन डटेर लाग्नुपर्छ भन्ने बुलन्द डायलग बोलेकी रेखाले कर्णालीकी कमला ओलीलाई मुख्य रोलमा प्रस्तुत गरेकी छिन् । ट्रेलर रिलिज समारोहमा बोल्दै उनले भनिन्, ‘हरेक मानिस भित्र हिरोपना हुन्छ । कमलामा पनि त्यो साहस छ । उनी क्षमतावान छिन् । मालिकाको हिरो उनै कमला हुन् ।’ रेखा नारी सशक्तिकरणको पक्षमा समेत ओकालत गर्दै आइरहेकी छिन् । पुरुष सरह नारी नी सक्षम छन् भन्ने उदाहरण उनले आफ्ना प्राय जसो फिल्ममा प्रस्तुत गर्ने गरेकी छिन् । जून प्रयासलाई दर्शकले निकै साथ समेत दिने गरेका छन् ।

आगामी कात्तिक १६ गते प्रदर्शन हुने यस चलचित्रमा रेखा थापा र कमला ओलीको मुख्य भूमिका रहेको छ । चलचित्रमा सुरेश अधिकारी र एस.डी योगीको संगीत, बनिष शाहको सम्पादन तथा शिवम अधिकारीको संवाद रहेको छ । नर कार्की कार्यकारी निर्माताको रुपमा रहेको यस फिल्ममा स्वयम रेखाको कथा समावेश छ । चलचित्रको यस अघि सार्वजनिक गीत ‘हल्का माया’ युट्युवमा १२ लाख पटक हेरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो