चलचित्र शान्तिको अफिसियल गीत रिलिज, मंसिर १४ मा देशैभर फिल्म लाग्ने


Filmy Kura, Sep 29, 2018 at 6:42 pm


नेपाली कथानक चलचित्र ‘शान्ति’ को अफिसियल गीत रिलिज गरिएको छ । शनिबार काठमाडौंको बागबजारमा रहेको हेलो क्याफेमा पत्रकार सम्मेलन गरी फिल्मको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक दुई गीतमा श्रष्टा प्रमोद खरेल, प्रविशा अधिकारी र विकास चौधरीको आवाज रहेको छ । दिनेश लिङ्देन र हरि उप्रेती रचित गीतमा विकास चौधरीले संगीत भरेका छन् । कविता राई प्रस्तुत यस चलचित्रको रिलिज डेट समेत घोषणा गरिएको छ । यो चलचित्र आगामी मंसिर १४ गते रिलिज गरिने निर्माण यूनिटले जनाएको छ । फिल्मलाई दिनेश लिङ्देनले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा सुशील क्षेत्री, निशा पोमु, सुप्रिया श्रेष्ठ, सन्जिब थेबे, सुदिता लिङ्देन, बालदिप राई, शर्मिला शर्मा, देव नेपाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

उपत्यका लगायत सिन्धुली, काभ्रे, नुवाकोटका विभिन्न स्थानमा खिचिएको यस फिल्मका सम्पादक मेग मगर हुन् । ज्ञानु राईको छायांकन रहेको फिल्ममा जनक कार्कीको नृत्य तथा राजु किरातीको द्धन्द हेर्न सकिन्छ । फिल्ममा बसन्त थेबे र शान्ता बखिमको लगानी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो