सरोज र आश्मा भन्दैछन् तिम्रो मनमा के छ ? (भिडियो सहित)


Filmy Kura, Sep 30, 2018 at 11:31 am

एसिएन म्युजिकको प्रोडक्सन रहेको चर्चित वेब सिरिज ‘ट्वान्टी फर्स्ट लब’ मा समाबेश गीत ‘तिम्रो मन मा के छ’ को अफिसियल भिडियो सार्बजनिक गरिएको छ। सार्बजनिक भिडियोमा सरोज अधिकारी,आश्मा बिश्वकर्मा,अनुष्का अधिकारी,संयोग गुरागाईं,विजय अधिकारी,रोशनी कार्की र निशान्त सुबेदी फिचर छन् ।

ज्ञानेन्द्र शर्मा र मिलन शंकरले खिचेको भिडियोलाई सुप्रिम पराजुली र अशोक मल्लले सम्पादन गरेका हुन् । इश्वर गुरुङले निर्माण गरेको भिडियोलाइ सरिन पोखरेलले निर्देशन गरेका हुन् । शुभ तामांङ र मेलिना राइको स्वरमा रहेको गीतमा शुभ तामांङको संगीत र दिपेन्द्र तामांङको शब्द रहेको छ । गीतमा सैलेन्द्र प्रधान ‘बाबु’ को संगीत संयोजन रहेको छ । वेब सिरिज ‘ट्वान्टी फर्स्ट लब’ यु ट्युबमा दर्शकले मन पराए पछी यो गीत पनि यु ट्युब निकै नै सर्च भएको थियो । अब दर्शकको प्रतिक्षा सकिएको छ। ‘ट्वान्टी फर्स्ट लब’ ले सिरिजमा गीतको प्रयोग गरे पछि अहिले बन्ने सिरिज हरुमा पनि गीत प्रयोग गर्ने चलन आएको छ । यस सिरिज लाइ दर्शकले मन पराए अब केहि समयमा यस सिरिजको दोस्रो भाग पनि निर्माण गरिने एसियन म्युजिकका इश्वर गुरुङले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो