ठमेल बजारकी गायिकाले झुमाइन आस्था कला केन्द्रमा दर्शक


Filmy Kura, Oct 11, 2018 at 5:40 pm


विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा आस्था कला केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम’ मा गायिका मिना निरौलाले उपस्थित दर्शक झुमाएकी छिन् । आफ्ना हिट नम्वर ‘ठमेल बजार’, ‘रुपै मोहनी’ लगायतका आधा दर्जन गीत उनले सो समारोहमा गाएकी थिइन् । वडा अध्यक्ष दीपक केसीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा आस्था कला केन्द्रमा आबद्ध रहेका कलाकारले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए । गायिका निरौलाले गाउँदा भने उपस्थित सबै दर्शकले कम्मर मर्काउदै आफू बसेकै स्थानबाट नाचेर साथ दिए ।


हास्यकलाकारद्धय सुरविर पण्डित र निरु खड्काले समसामयिक विषयमा खरो कमेडी प्रहसन गरे । उनीहरुले पेट मिचिमिचि दर्शक हसाए । विशेष अतिथिको रुपमा रहेकी नेपालकी प्रथम नायिका भुवन चन्दले कार्यक्रममा सहयोग पु¥याउने महानुभावलाई मायाको चिनो वितरण गरेकी थिइन् । बच्चा देखि युवा सम्मको सहभागीता रहेको कार्यक्रम निकै भव्य बनेको थियो । साथै प्रथम नायिका चन्दले दशैंले नेपालीमा थप खुसी र हर्ष ल्याउन सफल रहोस् भनि शुभकामना दिएकी थिइन् । लामो समय देखि कलाकार उत्पादन गर्दै आइरहेको आस्था कला केन्द्रलाई रमेश थापाले सञ्चालनमा ल्याएका हुन् । सांस्कृतिक कार्यक्रमलाई बिबस लामा ‘पाण्डव’ ले चलाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो