डेढ करोड लगानी रहने चलचित्र जात्रै जात्रा निर्माण घोषणा, विपिन र वर्षा लिडमा


Filmy Kura, Oct 11, 2018 at 6:39 pm


डेढ करोड लगानीमा चलचित्र ‘जात्रै जात्रा’ निर्माण गरिने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्म निर्माण सँगै यसमा आबद्ध काष्ट एन्ड क्रिउको विषयमा जानकारी दिइएको हो ।

३५ दिन लगाएर छायांकन गरिने फिल्मको प्रदर्शन मिति भने आगामी फागुन १७ लाई तोकिएको छ । विपिन कार्की र वर्षा राउत लिड रोलमा रहने यस फिल्मको सुटिङ दशैंको पूर्णिमाको भोलिपल्ट सुरु हुनेछ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा रविन्द्र सिंह बानिया कार्यकारी निर्माताका रुपमा रहेका छन् । शिवराम श्रेष्ठले खिच्ने फिल्मलाई मित्र डि गुरुङले सम्पादन गर्नेछन् । विपिन र वर्षाको अलवा फिल्ममा रविन्द्र सिंह बानिया, रविन्द्र झा, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता काकई लगायतका कलाकारको अभिनय रहनेछ ।

यस अघि यहि टिमले ‘जात्रा’ फिल्म निर्माण गरेको थिए । जून फिल्मलाई दर्शकले निकै मन पराए । सोही कारण फिल्मको सिक्वेल निर्माणमा यो टिम लागिपरेको हो । असन र बौद्धमा छायांकन हुने फिल्म राम्रो बनोस् भनि बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले शुभकामना दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो