पारिवारिक फिल्म दैलो कात्तिक ३० गते प्रदर्शन हुने


Filmy Kura, Oct 27, 2018 at 1:10 pm


पारिवारिक प्रेम, सद्भाव र छोराको दायित्वबोध गराउने चलचित्र ‘दैलो’ यहि कात्तिक ३० गते अल नेपाल प्रदर्शन हुँदैछ । पैसा, सम्बन्ध र सपनाबीच रुमलिएको एक परिवारको कथा यो फिल्मले उठान गरेको छ ।

देवी फिल्मस् प्रस्तुत यस चलचित्रलाई सुरेश उप्रेतीले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा सुरेश उप्रेती, दुर्गा साउद, बिकास चापागाई, दीपक डोटेल, मुना प्रसाई, दिक्षा आचार्य, प्रदीप अधिकारी, सपना श्रेष्ठ, अनु ढुंगाना, सुयोग उप्रेती लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई विमल कुमार भट्टराईले छायांकन गरेका हुन् भने तारा थापा ‘किम्भे’ ले सम्पादन गरेका हुन् । चलचित्रमा अर्जुन उप्रेती, यशोधा उप्रेती र निलम उप्रेतीको लगानी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो