मालिकाले समाज परिवर्तनमा ठूलो रोल खेल्छ : रेखा थापा


Filmy Kura, Oct 27, 2018 at 1:23 pm

यो वर्षको दशैं सकिए सँगै अब अर्को चाड तिहारले प्रवेश पाउँदैछ । झिलिमिलीको पर्व तिहारलाई लक्षित गर्दै कात्तिक १६ गतेबाट चलचित्र ‘मालिका’ रिलिज हुँदैछ । मालिका रेखा थापा निर्मित, निर्देशित तथा अभिनित चलचित्र हो । अनि रेखाको नाम आउन साथ धेरै दर्शकले अलिक बढी नै फिल्मबाट अपेक्षा गर्ने गरेको पाइन्छ । र, यसपटक रेखा देशको समसामयिक र धेरै नै चर्चामा रहेको सामाजिक मुद्धा लिएर फिल्म मार्फत आएकी छिन् ।

पछिल्लो समय समाजमा दिनहु जसो घट्ने बलात्कार जस्तो जघन्य अपराध माथि बुलन्द नारी आवाज लिएर उनी आएकी हुन् । चलचित्र ‘मालिका’ले पछिल्लो समय भइरहेका यस्ता कुकार्य प्रति औला मात्र उठाउने नभई समाज परिवर्तनमा समेत ठूलो रोल खेल्ने नायिका तथा निर्देशक रेखा थापाको दाबी छ । हुन त उनले पछिल्ला आफू निर्मित फिल्ममा शृङ्खलाबद्ध रुपमा नारी दमन, शोसन र उत्पीडनको आवाज मुखारित गर्दै आइरहेकी छिन् । एसिड काण्ड देखि नारी सशक्तिकरणको मुद्धालाई पर्दामा उठाएर दर्शकको वाहवाही बटुलेकी रेखाले यो पटक आफ्नो फिल्ममा कर्णाली जस्तो विकट ठाउकी कमला ओलीलाई हिरोको रुपमा लिएकी छिन् । यस अगाडि पनि रेखाले प्रतिभा भएका नयाँ अनुहारलाई आफ्नो व्यानरबाट मौका प्रदान गर्दै आइरहेकी थिइन् ।


यता कमला जो सानै छिन् । पहिलो पटक नैै एक स्टारसँग पर्दामा काम गर्दा धेरै कुराहरु सिक्ने अवसर मिलेको कमलाको भनाइ छ । उनी बोल्दा कतिलाई लाग्न सक्ला बोल्न समेत राम्रो नजान्ने मान्छेलाई रेखाले फिल्ममा ल्याएर इमोशन बिकाउन खोजिन् भन्ने । तर कर्णालीको सेरोफेरोमा हुर्किएकी कमला बिस्तारै काठमाडौंको रहन सहन र वातावरणमा एडजस्ट गर्दैछिन् । आफूलाई निर्खार्दै छिन् र नारी कमजोर हुन्नन् भन्ने देखाउँदैछिन् । यता चलचित्रको कथाकार समेत रहेका निर्माता नर कार्की ‘मालिका’ फिल्म मात्र नभएर जिवन जिउन सिकाउने पाठ्यक्रम रहेको तर्क गर्छन् । यो फिल्ममा श्वेर कल्पनाका कुरा भन्दा यथार्थपरक कुरा ज्यादा रहेको नर कार्कीको भनाइ छ । त्यसो त कतिलाई अहिलेको जल्दो बल्दो इश्युमा फिल्म बनाएर कमाउने सोच राख्यो यो टिमले भन्ने लाग्न सक्छ । तर समाजकै घटनालाई पर्दामा उठाएर यो टिमले चेतना मात्र छर्ने काम गरेको छैन राज्यलाई समेत झक्झक्याउने काम गरेको छ । निर्माता तथा कथाकार नर कार्कीले मालिका बलात्कार उन्मूलनका लागि महाअभियान सावित हुने दाबी समेत गरे ।

जे होस् नायिका रेखाले हाल सम्म निर्माण गरेको फिल्मले उठाएको विषय देश र समाजसँग प्रत्यक्ष सरोकार राख्ने खालका छन् । यो पटक झन संवेदनशिल विषय पर्दामा उठाएर च्यालेन्ज मोलेकी रेखालाई के कतिको दर्शक साथ मिल्ने हो त्यो भने कात्तिक १६ पछि नै थाहा हुनेछ । चलचित्रमा रेखा थापा र कमला ओलीको मुख्य भूमिका रहेको छ । रेखा फिल्मस्को व्यानरमा निर्मित यस चलचित्रमा शिवम अधिकारीको लेखन, सुरेश अधिकारी र एस डि योगीको संगीत तथा बनिश शाहको सम्पादन रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो