दशैंमा छक्का पञ्जा ३ र जय भोले दुवैलाई फलिफाप


Filmy Kura, Oct 27, 2018 at 1:33 pm


यहाँलाई अवगत भएकै कुरा हो प्रत्येक शुक्रबार दुई देखि तीन नेपाली चलचित्र रिलिजमा आउने परम्परा । तर यो यो साता कुनै नयाँ नेपाली चलचित्र रिलिजमा आएनन् । वडा दशैं जस्तो ठूलो चाडमा रिलिज भएका दुई नेपाली सिनेमाले हलमा एकक्षत्र कब्जा जमाएपछि यो गएको शुक्रबार कुनै पनि नयाँ नेपाली चलचित्र रिलिजमा नआएका हुन् ।

साच्चै दशैं यि दुई चलचित्रका लागि भने दक्षिणा बटुल्ने अवसर नै सावित बनिदियो । छक्का पन्जा ३ र जय भोले नामक चलचित्र दशैंका छुट्टा छुट्टै दिन पारेर रिलिज गराइएको थियो । घटस्थापना देखि रिलिजमा आएको छक्का पन्जा ३ यतिबेला तेस्रो सातामा उक्लेको छ भने जय भोलेले पनि यसै साता प्रेस मिट गर्दै एकसाताको व्यापार सार्वजनिक गरेको छ । करोड माथिको व्यापार गर्न नपाउँदै केक काट्ने चलन लाई छक्का पन्जा ३ यूनिटले अंकिकार गरेन भने यता जय भोलेले के कति व्यापार ग¥यो त भन्ने आम दर्शकको जिज्ञासा मेटाउन आधिकारिक रुप मै प्रेसमिटको आयोजना ग¥यो । जय भोले टिमले जनाए अनुसार एक सातामा यो फिल्मको व्यापार ३ करोड माथिको रहेको छ । निर्माता तथा निर्देशक अशोक शर्माले देशभरबाट टोटल गरेको व्यापारको आँकडालाई नियाल्दा फिल्मले लगानी सुरक्षित गरेको बताए । यहि रफ्तारमा व्यापार अगाडि बढ्ने हो भने बाँकी कलेक्शन जय भोलेको मुनाफामा गणना हुने उनको भनाइ छ । लामो समयको ग्याप पछि उनले जय भोले मार्फत दर्शक भेट गरेका हुन् । चलचित्रमा सौगात मल्ल, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । यता छक्का पन्जा ३ पनि दैनिक जसो १ करोडको कलेक्शन गर्दै अगाडि बढिरहेको छ । कुनै दिन करोड माथि त कुनै दिन करोड नजिकको हाराहारिमा कलेक्शन गर्दै उत्साहप्रद व्यापार गरेको छक्का पन्जा ३ यस अघिको सिरिज जस्तै सफल भएको छ । दीपाश्री निरौलाको निर्देशनमा तयार यस चलचित्रमा दीपकराज गिरी, दिपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल लगायतको अभिनय हेर्न सकिन्छ । यस सँगै फिल्ममा आबद्ध पहिलो नम्बरमा गीतलाई युट्युवमा दुई करोड भ्यूज मिलेको छ ।

त्यसो त बडा दशैं लक्षित चलचित्रको कुरा थियो यो अब तिहारलाई लक्षित गर्दै रिलिजमा आउन लागेको मालिका र चङ्गा चेटमा भने कुनले बाजी मार्ने हो यो अहिले कौतुहलताको विषय बनेको छ । सिंगल थिएटरमा रेखा थापा अभिनित मालिकाले वर्चश्व कायम राख्न सक्ने अनुमान धेरैको छ भने चङ्गा चेटले मल्टिप्लेक्समा पकड जमाउने विश्वास गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो