के चल्ला त चङ्गा चेट ?


Filmy Kura, Oct 27, 2018 at 2:59 pm


डार्क कमेडी जनराको चलचित्र ‘चङ्गा चेट’ यहि कात्तिक १६ गतेबाट देशभर रिलिज हुँदैछ । युवा निर्देशक दीपेन्द्र के खनाल निर्देशित ‘चङ्गा चेट’लाई माधव वाग्ले र शर्मिला पाण्डेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

एउटा कुरा चाहि के छ भने यो फिल्ममा आबद्ध स्टारकास्टका कारण ‘चङ्गा चेट’ चल्न सक्छ भन्ने धेरैले अनुमान गरेका छन् । त्यसो त निर्देशकको पृष्ठभूमि हेर्ने हो भने दीपेन्द्र कन्टेन्ट् ओरिएन्टेड फिल्ममा जोड दिनेमा पर्छन् । उनी व्यापारसँग भन्दा पनि आफूले कुन कुरा रिप्रिजेन्ट गरियो भन्नेमा बढी ध्यान दिने गर्छन् । यस अघि ‘चपली हाइट’ र ‘पशुपति प्रसाद’ जस्तो ब्लक बस्टर हिट फिल्म दिएका दीपेन्द्र ‘चङ्गा चेट’बाट पनि उत्तिकै आशावादी छन् ।

अब कुरा गरौ स्टारकाष्टको । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, परमिता आरएल राणा, सन्दिप क्षेत्री, सुरक्षा पन्त, रविन्द्र झा लगायतका कलाकारले अभिनय गरेका छन् । प्रियंका र आयुष्मान फिल्मले भन्दा ज्यादा प्रेमले चर्चामा रहेका छन् । यि दुईको जोडीलाई दर्शकले हल सम्म आएर हेर्नेमा निर्माण यूनिट विश्वस्त छ । यता सन्दिप क्षेत्री जो कमेडीयन हुन् उनको छुट्टै क्रेज रहेको छ । यद्धपि फिल्ममा उनले दर्शक तान्न नसकेको सत्यता छदैनी छ तर यो पटक फिल्मको सार्वजनिक गीत र ट्रेलरमा सन्दिपको कामलाई दर्शकले तारिफ गरेका छन् । रविन्द्र झा अहिलेका व्यस्त चरित्र अभिनेतामा पर्छन् । तर प्राय फिल्ममा रविन्द्रको एकै प्रकारको हाउभाउ र शैली दर्शकको लागि बोरिङ हुन सक्नेमा भने दुई मत छैन । सुरक्षा पन्तले पनि दीपेन्द्र निर्देशित फिल्मबाटै दर्शकलाई आफ्नो बनाउन सफल भइसकेकी छिन् । यसअर्थ कलाकारको समिश्रणलाई भने पोजिटिभ रुप मै लिन सकिन्छ । जे जस्तो भएपनि फिल्म चल्ने कलाकारले भन्दा विषयवस्तु र प्रस्तुतिकरणले हो । हेरांै, यो फिल्मको कथाले दर्शकलाई हलमा दुई घण्टा बाध्न कतिको सफल रहला ।

फिल्ममा निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्मा अतिथि भूमिकामा रहेका छन् । प्रिन्सेस् मूभिजको व्यानरमा प्रदीप भारद्धाज लिखित यस चलचित्रमा निरज कँडेलको छायांकन, प्रविन सिंहको नृत्य, दिर्घ खड्काको सम्पादन तथा सूर्य थोकरको द्धन्द रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो