छक्का पन्जा ३ कि नायिका दीपिका प्रसाईले गरिन् इन्गेज्मेन्ट 


Filmy Kura, Oct 27, 2018 at 4:30 pm


हाल सफलताको साथ देशभरका सिनेमा घरमा प्रदर्शनरत चलचित्र छक्का पन्जा ३ कि नायिका दीपिका प्रसाईले आफ्नो प्रेमी मिडियामा सार्वजनिक गरेकी छन् । फिल्म निर्देशक दिवाकर भट्टराईसँग उनले आफ्नो प्रेम रहेको खुलासा गरेकी हुन् ।

दिवाकार निर्देशित फिल्म ऐश्वर्यबाट नायिका दिपीकाले रजतपटमा डेव्यु गरेकी थिइन् । उक्त फिल्ममा नायक रमेश उप्रेतीको अपोजिटमा रहेर उनले काम गरेकी थिइन् । सो फिल्मले रमेश र दिपिका दुवैको लागि करिअरमा प्लस नै गरायो । मोडल प्रशान्त ताम्राकार जो यस फिल्ममा भिलेन भएर काम गरेका थिए उनलाई त झन् नायक नायिकाको दाजोमा अझ फलिफाप रह्यो भन्दा फरक पर्दैन् । किनकि अहिलेका व्यस्त कलाकार बनेका छन् प्रशान्त । केही विज्ञापनमा समेत मोडलिङ गरेकी दिपीका प्रसाई चलचित्र नगरीमा सम्भावना बोकेको नायिकाको रुपमा चिनिन्छिन् । त्यसो त यि दुईको निटकता सोही चलचित्रमा एकसाथ काम गरेपछि भएको बुझिएको छ । नायक रमेश उप्रेतीको कम ब्याक फिल्म ऐश्वर्यमा लिड नायिकाको रुपमा काम गरेपछि दिपीका दर्शकमाझ क्लिक मात्र भइनन् उनले चलचित्र क्षेत्रमा केही गर्न सक्छिन् है भन्ने उदाहरण समेत पेश गरिन् । पहिलो फिल्म मै अनुभवी को आर्टिस्टसँग काम गर्न पाउँदा उनले धेरै कुरा सिक्ने मौका पनि पाइन् । सोही चलचित्रमा उनले गरेको अभिनय हास्यकलाकार तथा लेखक दीपकराज गिरीलाई मन मात्र परेन उनले आफ्नो प्रोजेक्ट मै उनलाई लिड नायिका बनाउने अठोट गरे । त्यसपछि त यति राम्रो टिमसँग दिपीका आफ्नो काम कै कारण जोडिन् पुगिन् । हास्यकलाकारको जम्बो टोली मै दिपिका हराउछिन् भन्ने धेरैले लख काटे तर दीपिका हराउने चाहि हैन चम्किलो तारा बनेर चाहि उदाइन् । जून चलचित्र रिलिज पछिको अवस्थाले छर्लङ्ग पार्छ । दिपिका स्वयमले नै भनेकि थिइन् पहिलो फिल्मबाट केही सिक्न पाए छक्का पन्जा ३ बाट आफूलाई थप परिमार्जित गर्न सक्छु भन्ने लागेको छ । यति राम्रो टिम सँग एकसाथ काम गर्न पाउनु मेरो लागि सौभाग्य हो । छक्का पन्जा ३ मा भने दीपिका दीपकराज गिरीको जोडीको रुपमा रहेकी छिन् । यि दुईको रिल जोडीलाई दर्शकले निकै रुचाए । त्यहि भएर त फिल्म यतिबेला तेस्रो सातामा समेत भव्य प्रदर्शन भइरहेको छ ।

दीपिकाले निर्देशक दिवाकार र आफ्नो फोटो फेसबुकमा राख्दै दीपिका And he is mine forever  भनेर लेखेको स्टाटसमा धेरै शुभेच्छुकले कमेन्ट गरेका छन् । कतिले वाउ पर्फेक्ट जोडी भनेका छन् भने कतिले सदा सर्वदा खुसी रहनु भन्दै बधाई दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो