होटल र्‍याडिसनमा गृहमन्त्री बादलबाट गरियो प्रहलादको महक २ आउट


Filmy Kura, Oct 30, 2018 at 1:24 pm


गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यतामा सोमबार काठमाडौंमा रहेको र्‍याडिसन होटलमा एक कार्यक्रका बीच गायक प्रहलाद तिमल्सिनाको गीति एल्बम ‘महक २’ आउट गरिएको छ । नेपाली गीत संगीत क्षेत्रका दिग्गज व्यक्तित्वको समेत उपस्थिती रहेको सो कार्यक्रममा १० वटा गीत समावेश उक्त एल्बम सार्वजनिक गरिएको हो ।

एल्बममा समावेश तीन वटा गीतको म्युजिक भिडियो समेत देखाइएको थियो । गायक तिमल्सिनाले २०६८ सालमा ‘महक’ नामक गीति एल्बम बजारमा ल्याएका थिए । पहिलो एल्बमबाट पाएको सफलता सँगै उनी पाश्र्व गायन तर्फ ढल्कीए । गायिका मिलन अमात्यसँग स्वर साझेदारी गर्दै उनले थुप्रै फिल्मका गीतमा आफ्नो आवाज भरेका छन् । हाल सार्वजनिक एल्बममा भने उनले बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, न्ह्यू बज्रचार्य, आलोक श्री, बसन्त सापकोटा देखि विकास चौधरी सम्मका संगीतकारसँग सहकार्य गरेका छन् । एल्बममा समावेश गीतमा बरिष्ठ गीतकार राजेन्द्र थापा देखि नायक राजबल्लभ कोइरालाको समेत शब्द रचना रहेको छ ।

समारोहमा उनले म्यूजिक ट्राकमा एल्बममा समावेश आफ्ना दुई नयाँ गीत गृहमन्त्री बादलको अगाडि प्रस्तुत गरेका थिए । यता गृहमन्त्री बादलले भने गीत संगीत क्षेत्रमा समर्पित श्रष्टाका लागि मन्त्रालय मातहतबाट के गर्न सकिन्छ आफूले पहलकदमी गर्ने भनाइ राखे । गायक प्रहलादले सांगीतिक क्षेत्रमा आफूलाई निरन्तर अगाडि बढाउने उद्घोष गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो